site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ पढ्नेले सिधै काम पाउँछ
Sarbottam CementSarbottam Cement

केईसीमा हाल कुन–कुन विषय पढाइ हुन्छ ? आकर्षण कुन विषयतर्फ बढ्दो छ ?
केईसीमा अहिले पढाइ हुने विषयहरु भनेको सिभिल इन्जिनियरिङ, आर्किटेक्चर, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फरमेशन इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ नै हो । विषयहरु धेरै रहेपनि आकर्षणचाहिँ लामो समयदेखि नै सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङतर्फ नै बढी छ ।

आर्किटेक्चरको आकर्षण विदेश र भारतमा पनि हाल बढ्दो देखिन्छ, नेपालमा कस्तो छ ? 
आर्किटेक्चर अलिकति आर्ट पनि भएकोले त्यको आकर्षण धेरै त छैन । तर विस्तारै बढ्दै छ । नेपालमा विगत लामो समयदेखि नै विद्यार्थी धेरै हुने र बजारको माग भनेको सिभिल र कम्प्युटर इन्जिनियरिङतर्फ नै छ ।

इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ कस्तो विषय हो ? नयाँ विषयको खाँचो किन ?
इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ भनेर हामीले नयाँ सुरु गरेका छौं । यो इन्जिनियरिङ अध्ययन संस्थानले कम्प्युटर इन्जिनियरिङभन्दा पनि अगाडि नै सुरु गरेको प्रोग्राम हो । तर संस्थानले विस्तारै समयको मागअनुसार करिकुलममा परिमार्जन गर्न सकेन भने मार्केटको डिमाण्ड कम्प्युटरतिर धेरै नै गयो । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ भनेर डिमाण्ड मार्केटमा बढ्दो छ । त्यही भएर संस्थानले इलेक्ट्रोनिक्सतर्फ पनि विद्यार्थीहरुको चाहना बढोस् भनेर यसलाई परिमार्जन गरेर यसै वर्षदेखि संस्थानले र हामीले पनि सुरु गरेका छौं ।

Prabhu Bank
Agni Group
NIC Asia

संसारमै इन्जिनियरिङप्रतिको चाहना घटिरहेको छ । त्यसमा पनि जब अपच्र्युनिटी सिभिल र कम्प्युटरमा बढी देखियो । त्यही भएर पनि नयाँ प्रोगाम ल्यायौं । यसमा अध्ययनरत एउटा विद्यार्थीले इलेक्ट्रोनिक्स पनि पढ्छ, कम्युनिकेशन र कम्प्युटर इनिजिनियरिङको कोर्ष पनि पढ्छ अनि मार्केटमा सिधै जब पाउन सक्छ भनेर नै परिमार्जन गरिएको हो । 

पहिलो वर्षमा विद्यार्थी भर्नाको अवस्था कस्तो रह्यो ?
भर्नाको अन्तिम समयमा गएर बल्ल परिमार्जन हुन पुग्यो । त्यसैले धेरै विद्यार्थीले थाहा नै पाएनन् । बजारमा पनि यस विषयबारे अलि प्रचार गर्न पनि सकिएन । त्यसैले यसपटक खासै विद्यार्थी ल्याउन नसकिएका हो, तर अर्को वर्ष पक्कै विद्यार्थी बढ्छन् । 

Global Ime bank

यस वर्ष इन्जिनियरिङ अध्ययन संस्थानले कति विद्यार्थीको नाम निकाल्यो, क्षमताभन्दा कम विदार्थी भर्ना भए, होइन ?
यसपालि संस्थानले भर्नाको लागि जम्मा ६ हजार ३५० नाम निकाल्यो । झण्डै ११ हजारले निवेदन दिएका थिए । त्यसमध्ये पनि २ हजारजति भर्नाका लागि आएनन् । ती पहिले नै भारत गइसकेको हुन सक्छ । संस्थानको क्याम्पस र निजी क्षेत्रको गरेर ४ हजार २ सय क्षमता छ विद्यार्थी भर्नाको तर विद्यार्थी जम्मा ४ हजारमात्र देखिए । यसपटक क्षमताभन्दा कम विद्यार्थी भर्ना भएको पक्का हो । 

नाम निकाल्न नसकेको र बाहिर गएर पढ्नुपर्ने विद्यार्थीको अवस्थाबारेमा संस्थानले के गर्दैछ ?  
यस विषयमा इन्जिनियरिङ अध्ययन संस्थानले गहन विचार गर्ला । किनभने ११ हजारले निवेदन दिएकोमा ६ हजारलाई मात्रै स्वीकृत गर्यौं र बाँकी ५ हजार विद्यार्थी कि त विदेश पढ्न गए कि यहीँका अन्यमा विश्वविद्यालयमा पढ्ने भए । इन्जिनियरिङ संस्थानमा चाहिँ पढ्न नपाउने र त्यही विद्यार्थी बाहिर पढ्न जाने अवस्था आयो । यसमा संस्थानले केही विचार गर्दैहोला ।

इन्जिनियरिङमा महिलाको आकर्षण कस्तो छ ? केईसीले के सुविधा उपलब्ध गराएको छ ? 
महिलाको आकर्षण एकदमै बढ्दै छ । हामीले १० प्रतिशत महिलाले स्वतः भर्ना पाउने कोटा छुट्याएका छौं । १० प्रतिशतले प्रतिस्पर्धा गर्नु पर्दैन । छात्रवृति त मेरिटका अनुसार मात्रै पाउँछन् । 

केईसीबाट पास भएका विद्यार्थीले अवसर पाउने अवस्था कस्तो छ ?
हाम्रो क्वालिटी धेरै नै राम्रो छ । पढाइ सकेका र डिग्री पाइसकेकाले खाली हात बस्नुपरेको छैन । सबै काममै छन् । केईसीमात्रै होइन, अन्य विश्वविद्यालय र कलेजबाट पढेका ग्राजुएटले यस क्षेत्रमा काम पाइरहेकै छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC