site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

देशमा बलात्कारलगायत महिला हिंसाका घटना बढ्दै गएका छन् । अपराधी उम्काउन प्रहरीले नै प्रमाण नष्ट गरेको पुष्टि सरकारी प्रतिवेदनमै भएको छ । तर, गृहमन्त्री रामबहादुर थापाले भने संसदीय समितिलाई महिला तथा बालबालिकामाथि हुने बलात्कार, हिंसालगायतका घटना पुँजीवादले बढाएको दिव्य ज्ञान दिएछन् प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा । भारतीय जनता पार्टीका नेताहरूले पनि भारतमा बढेको बलात्कारलगायतका महिला हिंसाका लागि अपराधीलाई हैन महिलाहरूले लगाउने वस्त्रलाई दोष दिएका थिए । गृहमन्त्री थापाले पनि त्यस्तै धारणा प्रकारान्तरले प्रकट गरे । अर्का एक जना सांसदले त ‘सौन्दर्य प्रतियोगिता’का कारण बलात्कार बढेको धारणा प्रकट गरेछन् । केही महिला सांसदले बलात्कारीलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा सरकारविरुद्धको षड्यन्त्र देखेछन् । बलात्कारको घटना बढ्नुमा महिलाको वस्त्र वा सौन्दर्य प्रतियोगिता हैन अपराधीलाई जोगाउन घटनालाई अर्कै अर्थ दिनखोज्ने सरकारी मानसिकता बढी दोषी देखिन्छ ।

यथार्थ चाहिँ के हो भने पुँजीवादले हैन दण्डहीनताले अपराध बढाउँछ । प्रहरीले नै प्रमाण नष्ट गरेको पुष्टि हुँदा पनि सजाय गर्न नसक्ने प्रवृत्तिले बढाउँछ अपराध । अस्पतालमा कार्यरत चिकित्सकलाई गृहमन्त्रीकै सहयोगीहरूले अपहरणको शैलीमा मन्त्रालय लगेर दबाब दिँदा पनि कसैले माफी मागेन । यस्तै, क्रियाकलापले बढाउँछ अपराध गर्ने आँँट ! नेताका घरबेटी भनिएका ठेकेदारलाई कानुनले छुन सकेन । शासकहरूको यस्तै लाछी निरीहताले बढाउँछ अपराध । कानुन कार्यान्वयन गर्ने निकायका तालुकवालाका नाताले यस्ता अपराध रोक्न र अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्ता गृहमन्त्रीलाई आत्मग्लानि हुनुपथ्र्यो । बलात्कारमा महिलाको गरिबी वा पहिरनलाई दोषी देख्नु वा सरकारविरुद्ध षड्यन्त्र भएको ठान्नु लाजमर्दो गैरजिम्मेवारी हो । माअाेवादी सशस्त्र द्वन्द्वका बेलाका जघन्य अपराधमा सजाय भएको भए यति धेरै अपराध पक्कै बढ्ने थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

महिला हिंसाका हालैका घटनामा पुँजीवाद हैन शासनमा विद्यमान दण्डहीनताको संस्कृति बढी दोषी देखिन्छ । बलात्कारका घटनाप्रति सरकारी उदासीनता र संरक्षणले बलात्कारीलाई आँट आउँछ । निर्मला बलात्कार तथा हत्याका मामिलामा प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा तथा बाहिर दिएका सार्वजनिक अभिव्यक्तिहरू कति गैरजिम्मेवार रहेछन् भन्ने त सरकारले नै एकपछि अर्को छानबिन टोली गठन गरेर पुष्टि गरिसकेको छ । बलात्कारको घटनामा प्रहरी स्वयं मिलापत्र गराउन अग्रसर हुन्छ । सांसदहरू ‘पञ्चैती’ गराएर पीडितलाई न्याय नखोज्न दबाब दिन्छन् । बलात्कारको घटनामा जाहेरी लिन नमान्ने प्रहरीको तालुकवाला मन्त्रीले बलात्कारमा राज्यको असफलता हैन ‘पुँजीवाद‘लाई दोष दिनु ‘आफ्नो आङमा भैसी नदेख्ने अरूको आंगमा जुम्रा देख्ने’ भनेजस्तै हो । तर, गृहमन्त्रीको त्यो ’दिव्य ज्ञान’ गलत हो । समाजमा भन्दा पनि धेरै बढी पितृसत्तात्मक रुढीबाट शासकहरू ग्रस्त छन् । तिनका व्यवहारमा पाइलापाइलामा सामन्ती संस्कार प्रकट हुन्छ । अनि दोष चाहिँ पुँजीवादलाई !

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC