site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अँध्यारो भुमरीमा मुलुक
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

‘‘अँध्यारो नै देखिन्छ है आखा खोली हेर्दा’’  कालजयी गीतको यो पंक्ति मुलुकको राजनीतिक अन्योल र बिग्रदो सामाजिक परिवेशलाई बुझाउन पनि प्रयोग गर्नु उपयुक्त हुनेछ । अहिले पनि मुलुकको वस्तुस्थितिको सटीक वर्णनका लागि यो पंक्ति सान्दर्भिक सुनिएको हो । चारैतिर बढ्दो अनिश्चय र अराजकताले मुलुक अँध्यारो गर्ततर्फ धकेलिएको आभास हुँदैछ । 
निर्वाचित संविधान सभाबाट संविधान बनाउने झन्डै सत्तरी वर्षअघिको जनआकांक्षा पूरा भएको छ । यही विधिले बनेको संविधान कार्यान्वयनका चरणहरु पार गर्दै स्थायित्वको चरणमा लाने बेला हो यो । तर, संविधान कार्यान्वयन हुँदै छ कि बाधित पार्न खाजिएको हो ? बुझ्नै अप्ठेरो हुन थाल्यो । 
संविधान बन्यो खुसी भयौँ । त्यहीअनुसार तीनै तहको चुनाव भयो, झन् खुसी भयौँ । चुनावबाट झन्डै दुई तिहाई स्थान कम्युनिस्ट गठबन्धनले ल्यायो । अब त ‘कुछ’ हुन्छ भन्ठानेर झन् बढी खुसी भयौँ, उफ्रियौँ । कुछ त भयो, हुँदैछ पनि । तर त्यो खुसी धेरै दिन नटिक्ने अवस्था आइलागे जस्तो ‘कुछ’ हँुदैछ । देश कता जाँदै छ ? आखा खोली हेर्दा गीतको बोल जस्तै गन्तव्य अँध्यारो, अदृश्य छ । 
समाजमा निराशा जगाउने होइन आशा देखाउने हो । तर, देखाउन उज्यालो देखिनु पनि पर्छ । पत्रकारितामा छरपस्ट अँध्यारा पंक्ति पढ्दा निराशा हुनसक्छ । निराशा यस्ता पंक्तिको दोष होइन, सरकारको कार्य प्रणालीको प्रतिविम्ब हो । जतिसुकै आलोचक भए पनि यस्ता हरफ लेख्न कसैलाई रहर हुदैन, लेख्नेहरुलाई बाध्यता हुन्छ । सुध्रियोस् भन्ने कामनाका साथ । जो सुध्रिदैन,उसलाई कलमले काँध थाप्न सक्दैन, राम राम कहन्छ ।  
सरकार मुख्यतः चार क्षेत्रमा असफल देखिएको छ । यो त्यस्तो असफलता हो जसले सरकारको औचित्य वा उपस्थितिलाई पुष्टि गर्दैन । यही कारण उत्पन्न निराशा र अँध्यारो हो ।
पहिलो आन्तरिक व्यवस्थापन । संघीय नीतिअनुरुप तीनै तहको शासकीय अधिकार र कार्यक्षेत्र व्यवस्थापन । दोस्रो, परराष्ट्र नीति र सम्बन्ध । तेस्रो, सुरक्षा प्रत्याभूति, महँगी नियन्त्रण र गुणस्तरीय खाद्य सामग्रीसम्म सबैको सहज पहँुच । चौथो, यी सबै विषयसँग जोडिएको सुशासन । विधिको शासन, पारदर्शी सरकार, सरल सेवा प्रवाह, भ्रष्टाचार र अख्तियार दुरुपयोग नियन्त्रण सुशासनका मानक हुन् । तर, यी कुनै पनि विषयमा सरकारको संगति छैन, दुर्गति छ । 
फेहरिस्त दिनु पर्दैन । प्रदेश र स्थानीय तहका प्रतिनिधिको  दिनदिनैको गुनासो नै व्यवस्थापनमा चुकेको प्रमाणका लागि पर्याप्त छ । सहज सेवा दुर्लभ छ । अनियन्त्रित भ्रष्टाचार संस्थागत हँुदैछ । पारदर्शिता छैन । विधिको होइन, निर्देशनको शासन छ । महँगी प्रताडित जनता सुरक्षित छैनन्, असुरक्षित हुँदैछन् । दिनदिनै हत्या, बलात्कार र एसिड आक्रमणसमेत अन्य आपराधिक घटना बढेको सुनिदै छ । महँगी त बैंकका विज्ञापनमा समेत सुनिन थालेको छ । ‘‘ओहो, कस्तो महँगी जीवन धान्नै गारो भयो बा’’ जस्तो सन्देशको विज्ञापन सरकार भनिएको अमूक पात्रसमेत निर्लज्ज सुनिरहेको छ  । सुशासनको प्रत्याभूति त के लक्षणसम्म पनि छैन । 
नेपालको लागि अत्यन्त संवेदनशील विषय परराष्ट्र नीति र सम्बन्ध हो । परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले हेर्दा नेपाल अत्यन्त असन्तुलित र संकुचित हुँदै गएको देखिएको छ । अहिलकोे विश्व कूटनीति आर्थिक वा व्यापारिक उद्देश्यले प्रभावित हुन थाले पनि नेपालका लागि भने आर्थिक र राजनीतिक दुवै पक्षमा सन्तुलित कूटनीति कायम राख्नु भूसंरचनात्मक माग हो । 
बाह्रखरीका यस्तै पंक्तिमा केही पटक संकुचित र छिमेक केन्द्रित लेखिदै आएको कूटनीति अहिले थप असन्तुलित भएको छ । शक्ति र सम्पन्नताका लागि स्पर्धा गरिरहेका सामथ्र्यवान उत्तर, दक्षिण छिमेकीको विकासबाट फाइदा लिएर समृद्ध बन्ने सपनामा रमाएको अहिलेको हाम्रो छिमेक नीति बाँकी बाह्य दुनियाको सम्बन्धका लागि उपेक्षाको कारण बनाइयो । सम्बन्धको दायरा वा निरन्तरता संकुचित हुनगयो । नेपालका लागि सहयोग र सम्भावनाका  आर्थिक शक्ति राष्ट्र सीमाभन्दा पर बाह्य संसारमा पनि रहेको आफ्नै अनुभवलाई उपेक्षा गर्ने त्रुटि बढ्दै गएको छ । संकुचित र असन्तुलित नीति नेपालको लागि अत्यन्त घातक र अँध्यारोतिरको यात्रा साबित हुनेछ ।
एउटै उदाहरण पर्याप्त छ । बिम्स्टेक राष्ट्रहरुबीच सुरक्षा (प्रति आतंकवाद) र प्रविधिको अनुभवका विषयमा हुने निश्चित गरिएको सैनिक अभ्यास अन्तिम समयमा प्रधानमन्त्रीको निर्देशनबाट किन रोकियो ? प्रधानमन्त्रीले संसद्मा समेत यस्ता सैनिक अभ्यास भइरहेका छन्, हुन्छन् भन्ने मनसायका साथ बिम्स्टेक अभ्यासमा जाने प्रतिबद्धता दर्शाएका थिए । त्यो अभ्यासमा जानहुन्थ्यो वा हुँदैन थियो भन्ने कुरा होइन । जाने भनेर तयारीबीच अन्तिममा किन र कसका लागि रोकियो, जिज्ञासा यतिमात्रै हो । मुलुकभित्र उत्पन्न गरे गराइएको बहसले मात्रै यो सहभागिता पक्कै रोकिएको होइन । यसको कारण अँध्यारोमा राखिएको छ ।
कुनै पनि मुलुकले आफ्नो राष्ट्रिय स्वार्थलाई थाती राखेर अन्य देशलाई सहयोग गर्छ भन्ठान्नु कूटनयिक परम्पराविपरीत हुन्छ । सरकार वा व्यक्तिगत स्वार्थमा प्रयोग गर्न खोजिएको परराष्ट्र नीति र नेपालको सन्दर्भमा छिमेक नीतिसमेत राष्ट्रिय हितमा खासै हुँदैन । 
भारतले धेरैतिर घेरेको भन्ठान्ने दुःखाइलाई सेकताप गर्न बेलाबखत चीनतिर फर्किएको देखिने नेपालको कथित कूटनीतिले लिपुलेकको टाकुराबाट चिच्याएको चीलको स्वर सुनिरहेछ । उनीहरु आफ्ना स्वार्थका लागि दुवै मिल्छन् र त्यतिबेला नेपाली स्वार्थको पूरै उपेक्षा गर्नसक्छन् भन्ने उदाहरण हो लिपुलेक दुवै मिलेर नेपालबाट छिन्नु । 
दुईसय २५ वर्षअघि धार्मिक गुरुहरुको आधिपत्य रहेको तिब्बत र नेपालबीच युद्ध र सम्झौता भएको छ । विजेता नेपालसँग गरिएको सम्झौतामा तिब्बती पोताला (धार्मिक उपाधि) का प्रतिनिधिले हस्ताक्षर गरेका छन् र त्यो सम्झौतालाई केरुड.् सम्झौता भनिएको छ । यस्ता सम्झौताका बेला चिनियाँ अम्बान (प्रतिनिधिहरु)को भूमिका र सहभागिता देखिन्छ । उनीहरु उपहारसहित केरुङबाट नुवाकोटको बाटो राजालाई भेट्न नेपाल आएका छन् र फर्कदा खासातिरबाट कुतीतर्फ लागेका भनिन्छन् । ती अम्बानले आउँदा, जादा बेग्लाबेग्लै बाटो प्रयोग गर्नु नेपालको भूबनोट र त्यसले निर्धारण गर्ने सामरिक रणनीतिको जानकारी हासिल गर्नुथियो भन्ठाछन् इतिहासका विवेचकहरु । 
यो प्रसंग जोड्नुको खास कारण, तिब्बतसँगको सम्झौतामा चीनको सहभागिता अम्बानहरु मार्फत थियो, पछि त्यही चीनले त्यो सम्झौता तोड्न तिब्बतलाई उक्सायो र साथ दियो । नेपालसँगको युद्धमा पनि चीन आइलाग्यो ।  भन्नुको मतलब, तिब्बत कुनै दिन मिड.् वंशका राजाहरु र मुगल सम्राट चङ्गेज खाँका प्रतिनिधिले शासित भए पनि चीनको प्रभावभूमि हो । तिब्बतको पक्षमा चीनले काम गर्नु उसको राष्ट्रिय स्वार्थ हो । त्यतिबेला त आफ्नो राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्ने चीन अहिलेको व्यापारिक युगमा नेपालका प्रति निःस्वार्थ प्रस्तुत हुने कामना गर्न मिल्दैन । आधुनिक आर्थिक कूटनीतिका माध्यमबाट विश्वस्तरीय प्रभाव कायम गर्न तल्लीन चीन र प्रतिस्पर्धि भारत वा कसैसँग पनि मिल्दैन । यस कारण नेपालको राष्ट्रिय स्वार्थ संकुचित, छिमेकमात्र केन्द्रित र उत्तर वा दक्षिण हुने असन्तुलित नीतिले रक्षा गर्न सक्तैन । हाम्रो परराष्ट्रनीति सन्तुलित र फराकिलो पार्नैपर्छ । 
उल्लिखित राष्ट्रिय राजनीतिका चार विषयमा जुन सुन्दर सम्भावना देखिनुपर्ने थियो, त्यो छैन । तिनका सूचक निराशाजनक छन् । किन यस्तो भयो वा गरियो ? देशमा फैलँदो अराजकता र अनिश्चयले जनतामा ल्याउने निराशा अन्ततः प्रणालीका विरुद्ध हुनजान्छ अथवा प्रणाली विरोधीहरुले यसलाई प्रयोग गर्नसक्छन् । 
अहिलेको अवस्था देश, प्रजातन्त्र र जनता कसैको हितमा परिणामदायी छैन, संविधान अनुकूलको रफ्तार पनि धिमा छ । यो नियोजित षड्यन्त्र हो कि नियत वा नियति यस्तै ? कि देश र प्रजातान्त्रिक  प्रणाली सञ्चालन गर्न कम्युनिस्टहरु सक्षम र इमानदार छैनन्, स्वीकार्नु पर्यो । कम्युनिस्टहरुले स्वीकार गर्नुपर्यो । कारण जे होस् मुलुक अँध्यारो भुमरीतर्पm धकेलिँदै छ । अँध्यारो भुमरीबाट कस्तो उज्यालो भविष्यको कल्पना गर्ने ? लक्षण राम्रो चाहिँ छैन ।   
            
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC