site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ, ८ असोज । सङ्गठनात्मक विषयमा निर्णय लिन आज बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठक आइतबार पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सङ्गठनात्मक विषयमा छलफल भएको केन्द्रीय कार्यालय सदस्य अग्नि सापकोटाले जानकारी दिए ।

सङ्गठनका विषयमा सदस्यले धारणा राख्नेक्रम जारी रहेकाले बैठक आइतबार पुनः बस्ने गरी स्थगित गरिएको हो ।  बैठकमा तत्काल महाधिवेशन हुने सम्भावना नरहेकाले महाधिवेशन आयोजक समितिको सदस्य सङ्ख्या घटाउनेबारे छलफल भइरहेको छ । विभिन्न माओवादी घटकबीचको एकतापछि पुसमा महाधिवेशन गर्ने भन्दै केन्द्रले करिब दुई हजार ५०० सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो । महाधिवेशन स्थगित भएपछि त्यसलाई घटाएर सङ्गठनात्मक संरचना चुस्त, दुरुस्त बनाउनुपर्ने धारणा आजको बैठकमा सदस्यले राखेका थिए ।  पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री भएपछि सरकारको काममा प्राथमिकता दिनुपरेको भन्दै माओवादी केन्द्रले महाधिवेशन स्थगित गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ८, २०७३  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC