site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
विमल घर्ती मगरको क्लब अझै टुंगो लागेन– चर्को मूल्य रहेको क्लबको गुनासो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रेलिगेसन नहुने भए पनि नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग आउन मात्र पाँच दिन बाँकी रहँदा राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगरको क्लब अझै टुंगो लागेको छैन । प्रतियोगितामा सहभागी १४ क्लबहरुले पहिलो चरणको खेलाडी दर्ता सकिसकेका छन् । र अहिले दोस्रो चरणको खेलाडी दर्ता प्रकृयामा छन् । लिगकै लागि क्लबहरुले प्रशिक्षण सुरु गरिसकेका छन् । नयाँ खेलाडी र प्रशिक्षक ल्याएर तयारी भइरहँदा राष्ट्रिय टोलीका नियमित सदस्य विमलले कुन क्लबबाट खेल्छन् भन्ने टुंगो लागेको छैन । 

कुन क्लबबाट खेल्ने निश्चित नभएकैले उनी अहिले राष्ट्रिय टोलीबाट बंगबन्धु कपको तयारीमा जुटेका छन् । पछिल्लो समय विमलले थ्री स्टार क्लबबाट खेलेका थिए । तर, थ्री स्टारले लिगका लागि घोषणा गरेको टोलीमा विमल अट्न सकेका छैनन् । रेलिगेसन नहुने भएकाले पनि क्लबहरु खेलाडीका लागि धेरै रकम खर्च गर्न खोजिरहेका छैनन् । यसको राम्रो उदाहरण हुन्, विमल । थ्री स्टारका एक उच्च अधिकारीका अनुसार विमलले चर्को मूल्य मागेका कारण क्लबले अनुबन्ध नगरेको हो । तथापि थ्रीस्टार बाहेक पनि विमलको अन्य क्लबहरुसँग कुरा भइरहेको छ । तर, त्यसले सार्थकता भने पाउन सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

बंगलादेशविरुद्धको फ्रि किकसहित साफ च्याम्पियनसिपमा दुई गोल गरेका विमलले आफु लयमै रहेको पुष्टि गरिसकेका छन् । तापनि क्लबहरु उनलाई मोटो रकममा भित्र्याउन इच्छा गरिरहेका छैनन् । विमल भन्छन्, “केही ठूला क्लबहरुसँग छलफल भइरहेको छ । केही दिनमै टुंगो लाग्छ ।” 

राष्ट्रिय टोलीेबाट डेब्यू गरेकै खेलमा गोल गरेपछि विमल एकाएक चर्चामा आएका थिए । उनले घरेलु मैदानमै आयोजित २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानबिरुद्ध गोल गरेका थिए । इन्जुरी समयमा विमलले गरेको गोलमा नेपालले पाकिस्तानलाई १–१ को बराबरीमा रोकेको थियो । पाकिस्तानबिरुद्धको गोलपछि एक्कासी नेपाली फुटबलमा उदाएका विमलले विभिन्न उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । यु–१४ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका विमलले राष्ट्रिय टोलीबाट ३० खेलमा ८ गोल गरिसकेका छन् । 

Global Ime bank

विमलकै कप्तानीमा नेपाल यु–१९ साफ च्याम्पियनसिप भएको थियो । नवलपरासीमा जन्मेका २० वर्षे विमलले अघिल्लो सिजन भारतीय क्लब मोहन बगानबाट खेलेका थिए । उनले बेल्जियमको आरएससी एन्डरलेच्ट र नेदरल्यान्डको एफसी ट्वान्टी २० बाट पनि उमेर समूहमा खेलेका थिए । उनले स्पेनको मार्बेला एफसीमा पनि केही समय बिताएका थिए ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC