site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कुकुर मुस्कुराउँछन् पनि !
Sarbottam CementSarbottam Cement

बीबीसी । मानिसको सबैभन्दा बफादार साथी मानिने प्राणी कुकुरका बारेमा तपाईंलाई कति जानकारी छ ? प्राणी शास्त्री एवम् मानोवैज्ञानिक जोन ब्रैडशांले मानिस र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको बारेमा अध्ययन गरेको बीबीसीले जनाएको छ ।
‘इन डिफेन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ अस’ पुस्तकका लेखक समेत रहेका जोन ब्रैडशांले कुकुरको अहिलेसम्मको इतिहासको गहिरो अध्ययन गरेका छन् । उनीबाटै मानिसको सबैभन्दा बफादार र प्रिय साथी कुकुरसँग सम्बन्धित जानकारीहरु । 

१. स्यालको टाढाको वंशज
कुकुर हजारौं वर्षअघि लोप भएको स्यालको टाढाको वंशज हो । अमेरिका र युरोपमा आज पाइने स्याल कुकुरका टाढाका नातेदार हुन् । ति स्यालको डीएनए कुकुरको डीएनएसँग ९९ प्रतिशत मेल खान्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

२. जात फरक भएपनि समानता
कुकुरका कयौं प्रकारका आकार र कयौं प्रकारका जात छन् । कुकुरको जाति अन्य कुनैपनि जंगली र घर पालुवा जनावरको छैन । यसका लागि पनि मानिस नै जिम्मेवार छन् । यद्यपि कुकुरको शारीरिक विविधताको पनि एक प्रकारको सीमा छ । 
सबैभनदा सानो आकारको चिवावादेखि सबैभन्दा ठूलो मानिने कुकुर ग्रेट डेनको शारीरिक संरचना उनीहरुका पुर्खा स्यालको जस्तै हुन्छ । कुकुरको आकार र जात फरक भएपनि समानता धेरै नै हुन्छ । 

३. सुँध्ने क्षमता किन तीव्र ?
कुकुरमा हुने पाइने ‘जेकबसन’ अथवा ‘वोमेरोनेजल’ नामको अंगका कारण उनीहरुको सुँध्ने क्षमता उच्च हुन्छ । जुन उनीहरुको नाक र मुखको माथिल्लो भागमा हुन्छ । वैज्ञानिकहरुले कुकुरमा यो अंग किन हुन्छ भन्ने बारेमा पत्ता भने लगाउन सकेका छैनन् । तर बिरालो र अन्य जानवरहरुमा गरिएको अध्ययनले अन्य कुकुरले छाडेको संकेतलाई पहिचान गर्न कुकुरमा यस्तो क्षमता हुने गरेको देखाएको छ । 

Global Ime bank

४. कुकुरले कस्तो देख्छ ? 
कुकुरले हरियो, पहंलो, र निलो रंगमा मानिसहरुको जस्तै फरक छुट्याउन सक्छ । तर कुकुरको आँखाले रातो रंग भने ठम्म्याउन सक्दैन । कुकुरलाई रातो रंग गाढा स्लेटी देखिन्छ । 

५. कुकुरपनि मुस्कुराउँछन् 
कुकुर पनि मुस्कुराउँछन् । तर त्यसको कारण मानिसले मुस्कुराउने जस्ता कारण भने हुँदैनन् । मालिकबाट थोरै माया पाउन कुकुर मुस्कुराउने गरेको प्राणी वैज्ञानिक जोन ब्रैडशांको भनाई छ । 
बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC