site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी सहर डालसमा ५ प्रहरीको मृत्यु, ७ जना घाइते
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
डालस । दुई फरकफरक राज्य मिनेसेटा र लुजियानामा दुई जना अश्वेत नागरिकलाई प्रहरीले हत्या गरेपछि भड्किएको हिंसाका कारण यहाँका विभिन्न सहरमा प्रदर्शनका क्रममा तैनाथ प्रहरी अधिकारीमाथि बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा पाँच जना प्रहरीको मृत्यु भएको डालसका नगर प्रमुखले शुक्रबार बताए । 
 
घटनामा सात जना सुरक्षाकर्मी र अन्य दुई नागरिक घाइते भएका नगरप्रमुख माइक रलिङ्सले अमेरिकी सञ्चारमाध्यमलाई बताएको जनाइएको छ । 
 
घाइतेमध्ये केही प्रहरीको अवस्था चिन्ताजनक रहेको डालसका प्रहरी प्रमुखले बताएका छन् । 
 
घटनालगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामा ट्वीट गर्दै यस घटनालाई क्रुर, सुनियोजित एवम् घृणित बताउदै घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याइने बताए ।  
 
नगरप्रमुख रलिङ्सले घटनामा संलग्न भएको बताइएका एक आक्रमणकारीको पार्किङस्थल नजिकै मृत्यु भएको बताउनुभयो । यसैगरी प्रहरीलाई नसगाएको आरोपमा एक महिलासहित तीन जनालाई प्रहरी हिरासतमा लिइएको छ । 
 
यसैबीच डालस आक्रमणमा टेक्सास निवासी २५ वर्षीय मिका जोनसन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ । 
 
स्थानीय समाचार संस्था सीबीएस न्युज तथा एनबीसी न्युजले पछिल्लो समय जोनसन डालसको बाहिरी भूभागमा अवस्थित मेक्सिटमा बस्दै आएको बताएका छन् । उनी झडपमा मारिएका थिए । 
 
अमेरिकी प्रशासनले आक्रमणलाई अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ पछि कानुन अधिकारीमाथि भएको सबैभन्दा ठूलो क्षति भनी बताएको छ । 
 
राष्ट्रपतिले घटनाका दोषीलाई कानुनी कठघरामा ल्याई पीडितलाई न्याय दिलाउन आफ्नो साथ रहने आश्वासनसमेत दिएका बताएका छन्का छन् । रासस/एपी 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC