site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्डविरुद्ध जनअदालतमा मुद्दा दायर गर्ने नेकपाको चेतावनी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनी थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो । 

सर्वोच्च अदालतले यसअघि पटक पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत गराएको थियो ।  उनलाई यसपटक भने प्रहरीले पुनः पक्राउ गरेको छैन । रिहा भएलगत्तै उनले माइतीघर मण्डलामा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डविरुद्ध नै जनअदालतमा मुद्दा दायर गर्ने बताए ।

Agni Group

“यदि हाम्राविरुद्ध झुटा मुद्दा जारी राखे हामी प्रचण्डविरुद्ध १० हजार जनता मारेको अभियोगमा जनअदालतमा मुद्दा दायर गर्छौं,” उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने ।

उनले दुईतिहाइको बल नदेखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि चेतावनी दिएका थिए । “दुईतिहाईको बल नदेखाउन सुझाव दिन चाहन्छौं । यो ओली र एमालेले ल्याएको परिवर्तन होइन । हामी परिवर्तनका लागि लडिरहँदा एमालेले ज्ञानेन्द्रका लागि भेटी चढाइरहेको थियो । आगामी मोर्चाबाट यसको दबाब दिन्छौं,” उनको चेतावनी थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC