site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । जगदम्बा समूहमा आवद्ध उत्साही उद्यमीहरुले बेलायती र जर्मनी प्रविधिद्वारा निर्मित गुणस्तरीय प्रि कास्ट निर्माण सामग्रीहरु हालै बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

सिमेन्ट, स्टिल्स्, लगायत विभिन्न निर्माण सामग्रीहरुको उत्पादन तथा बिक्री–बितरणको लामो अनुभवबाट ख्याति कमाएका जगदम्बा समूहका उद्योगीहरुले जगदम्बा कंक्रिटो नामक उद्योगबाट ब्लक, ब्रिक, पेभर, को साथसाथै अन्य प्रि– कास्ट बस्तुहरु जस्तै  फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन आदिको उत्पादन थालेका छन् । यस कम्पनीको मुख्य उद्देश्य उपभोक्ताहरुलाई उचित मूल्यमा उच्च गुणस्तरको वस्तुहरु प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले यस उद्योगद्वारा उत्पादित निर्माण सामग्रीको प्रयोगले निर्माण लगानीमा १० देखि ७५ प्रतिशतसम्म बचत हुने कम्पनीको दाबी छ ।

परम्परागत रुपमा उत्पादन हुने निर्माण सामग्री भन्दा निकै टिकाउ हुने आकारमा एकरुपता भएको, उच्च गुणस्तरयुक्त विभिन्न प्रकार आकारमा एकरुपता भएको, आकर्षक, प्रदुषण कम गर्ने उर्वर जमिन नष्ट नहुने, लागत कम लाग्ने जस्ता विशेषता भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

घर, हाउजिङ्ग, अपाट्रमेन्ट, सपिङ्गकम्पेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक हुने ईटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव आदि वस्तुहरुको प्रयोगले निर्माणको फिनिसिङ्गमा गुणस्तरीयता तथा आधुनिकता पाउने कुरामा कम्पनी विश्वस्त रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC