site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको फर्निचर मेलामा नेपाली परम्परागत तथा मौलिक काष्ठकलाका सामग्रीमा अवलोकनकर्ताको प्रमुख आकर्षण रहेको पाइएको छ । यही असोज ४ गतेदेखि सुरु भएको मेला आज सकिएको आयोजकले जनाएको छ । मेलामा ७५ हजार बढीले अवलोकन गरेका छन् । 

अधिकाशंले विदेशीभन्दा नेपाली काष्ठकलालाई नै मन पराएको सङ्घका अध्यक्ष राजेशकाजी अग्रवालले जानकारी दिए । मेला अवधिमा भएको व्यापार तथा तथा अवलोकनकर्ताको बाक्लो उपस्थितिले पनि नेपाली मौलिक फर्निचरको विकास र बजारीकरणमा समेत सहयोग पुगेको सङ्घको भनाइ छ । आयोजक संस्था फर्निचर तथा फर्निसिङ सङ्घ उत्साहित बनेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सङ्घका अध्यक्ष अग्रवालले भने, ‘‘व्यापारका हिसाबमा ठूलो परिमाणको सामान ‘बुकिङ’ भएको छ । अधिकांश उपभोक्ताले नेपाली मौलिक सामानलाई नै बढ्ता चासो देखाउनुभएको छ । हामी असाध्यै उत्साहित भएका छौँ ।’’ आगामी वर्ष अझै विस्तारित शैलीमा मेलाको आयोजना गर्ने भन्दै उनले आर्थिक समृद्धि र विकासका लागि समेत नेपाली काठ तथा फर्निचरको प्रयोगमा जोड दिनुपर्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले मेलालाई प्रवद्र्धन गरेका थिए । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत छ वर्षदेखि मेलाको आयोजना हुँदै आएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC