राजनीति
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन् । समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।
एउटैमात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भीमसेनदास प्रधानले जानकारी दिए । यसअघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका थिए । नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभाका सांसद हुन् ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५ १५:३८
प्रतिक्रिया दिनुहोस्