site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधनका लागि राजनीतिक समिति बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रममा उनले राजनीतिक समितिले मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउन सक्ने तर्क गरे ।
“संसद्भित्रका मात्रै या बाहिरका पनि समेटेर जसरी बनाए पनि हुन्छ तर राजनीतिक समिति बनाउनुपर्छ,” भट्टराईले भने,“आन्दोलनकारीका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छ । त्यसका लागि राजनीतिक समिति बनाएर अघि बढ्नुपर्छ ।” उनले संविधान संशोधन भएन भने देश अर्को दुर्घटनामा पर्ने औंल्याउँदै अहिलेको समस्या समाधान गरी संविधान सबैको अपनत्व हुने बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संविधानमा रहेका मन नपरेका शब्द काट्दै जाने हो भने अहिलेको संविधानको स्वरुप नै नरहने बताए । उनले अहिले मधेसवादी दलले भनेजस्तै गरी संविधान संशोधन हुनै नसक्ने तर्क गरे । “मन नपरेको शब्द काट्दै जाने हो भने अहिलेको संविधानको स्वरुप पनि रहँदैन,” उनले भने,“मधेसवादी दलहरुले भने अनुसार संविधान बन्दैन । कांग्रेस ठूलो पार्टीले भनेको त भएन भने सानो पार्टीले भने अनुसार कसरी हुन्छ ?”
उनले संविधानमा रहेका कमीकमजोरी सच्याउन सकिने भए पनि एमालेले भनेजस्तै कमा पनि परिवर्तन नहुने र सबै परिवर्तन हुनुपर्छ भन्ने मधेसवादी दल दुवैको अडानबाट कहीं नपुगिने तर्क गरे ।  “संविधान छापामार शैलीमा आएको होइन, त्यसैले त्यसैगरी संशोधन हुँदैन,” उनले भने,“संशोधनको प्रस्ताव जनताको बीचमा लैजानुपर्छ ।”
नेकपा एमालेका नेता गोकर्ण विष्टले अहिलेको संविधान उन्नत दस्तावेज भएकाले यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । 
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सबैलाई समेट्न सक्नेगरी संविधान बनेकाले अब वार्ताको माध्यमबाट अघि बढ्न सकिने धारणा राखे ।
नेपाल सद्भावना पार्टीका नेता अनिल झाले आफूहरुको आन्दोलन पहिचान, स्वाभिमान र सम्मानका लागि भएको बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ८, २०७३  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC