Skip Advt.

भारतका पेट्रोलियम मन्त्री नेपाल आउने

काठमाडौं । भारतका संघीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अध्ययन गर्न आउँदो साता नेपाल आउने भएका छन् । 

भारतीय सञ्चार माध्यमले आइतबार काठमाडौंस्थित भारतीय दूतावासको स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उनी सेप्टेम्बर २८ को साँझ काठमाडौं आउनेछन् । उनले सोही दिन नेपालका उच्च सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग कुराकानी गर्ने तथा भोलिपल्ट अमलेखगञ्ज र जनकपुरको स्थलगत भ्रमण गर्ने कार्यक्रम छ । 

सो पाइपलाइन बिछ्याउने बारेमा नेपाल र भारतबीच सन् २०१५को अगष्ट २४मा समझदारीमा हस्ताक्षर भएको थियो । 

प्रतिकृया दिनुहोस