site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
समूहको अन्तिम खेलमा नेपाल मलेशियासँग भिड्दै  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गत समूह ’ई’ को अन्तिम खेलमा मलेसियासँग खेल्दैछ । दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा मलेशियाविरुद्ध मैदान उत्रिन लागेको हो । 

हलचोकस्थित सशस्त्रको मैदानमा खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । अहिलेसम्म जितविहीन दुबै टोली एक खेल जित्दै यात्रा समाप्त गर्ने लक्ष्यमा छन् । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४–० र दोस्रो खेलमा म्यानमारसँग ११–१ फराकिलो गोल अन्तरले पराजित भएको थियो । 

मलेसिया पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो । समुह ई बाट शीर्षस्थानमा रहेका फिलिपिन्स र म्यानमार अघिल्लो चरणका लागि छनोट भइसकेका छन् । समूह बिजेताका लागि ११ बजे हलचोकमा फिलिपिन्स र म्यानमारबीच खेल हुँदैछ । फिलिपिन्स र म्यानमार समूहको शीर्ष दुईमा रहँदै अर्को बर्ष थाइल्यान्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC