site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा, आज चार खेल हुँदै 
Sarbottam CementSarbottam Cement

बीबीसी ।  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्षस्थान कब्जा गरेको छ । आज बिहान सकिएको खेलमा स्पानियोललाई १–० ले पराजित गर्दै रियलले शीर्षस्थान ओगटेको हो । घरेलु मैदान सान्टीयागो बर्नाेबेउमा खेलको ४१ औं मिनेटमा मार्को एसेन्सीयोले गरेको एकमात्र निर्णायक गोलले रियल मड्रिडले जित निकालेको हो । घरेलु मैदान र दर्शकको साथ पाएपनि तुलनात्मक कमजोर स्पानियोलमाथि गोल गर्न रियलले ४१ औं मिनेट कुर्नुपरेको थियो । 

६५ प्रतिशत बलमा पकड जमाएको रियलले दोस्रो हाफमा गोल गर्न सकेन् र एसेन्सीयोको निर्णायक गोलले जित निकाल्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

५ खेलमा १ मा बराबरी र ४ मा जित निकालेको रियल १३ अंकका साथ तालिकाको शिर्षस्थानमा छ । बार्सिलोना ४ खेलमा अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थानमा छ । 

लिग अन्तर्गत आज ४ खेल हुँदैछन् । पहिलो खेलमा लेभान्ते र सेभिल्ला आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार दिउसो ३ ः४५ बजे सुरु हुनेछ ।  राति ८ बजे भिल्लारियलको मैदानमा भ्यालेन्सीया भिड्दैछ । यस्तैै राती ११ः४५ बजे रियल बेटिस एथ्लेटिको बिल्वाओबिरुद्ध खेल्दा १२ ः ४५ बजे बार्सिलोना घरेलु मैदान नाउ क्याम्पमा गिरोनासँग खेल्नेछ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC