site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पाँचौं ढोरपाटन राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पाँचौ ढोरपाटन राष्ट्रिय भलिबलको उपाधी शशस्त्रको एपिएफ क्लबले जितेको छ । गण्डकी प्रदेशलाई  पराजित गर्दै एपिएफले उपाधी जितेको हो । गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाइनल खेलमा गण्डकी प्रदेशविरुद्ध सहज जित निकाल्ने क्रममा एपीएफले पहिलो सेट २५–१९ दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१७ ले आफनो पक्षमा पार्यो । आर्मी र पुलिसले सहभागिता नजनाएको प्रतियोगितामा एक्लो दाबेदारको रुपमा रहेको एपीएफले फाइनलमा त्यही अनुसारको खेल प्रदर्शन गरेको थियो । शनिबारै तेस्रो स्थानका लागि भएको खेलमा आयोजक ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई गिताञ्जली कलेजले पराजित गरेको छ । गीताञ्जलीले २५–२२, ३०–२८ र २५–१५ को कठिन सेटमा आयोजक टोलीलाई पराजित गरेको हो । 

उपाधिसँगै एपीएफले १ लाख नगद पुरस्कार पाएको छ भने उपविजेता गण्डकीले ६० हजार र तेस्रो भएको गीताञ्जलीले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । प्रतियोगिताको बिधागततर्फ एपीएफका खेलाडीको बर्चस्व रह्यो । उत्कृष्ट खेलाडीसहित पाँच बिधामा एपीएफका खेलाडीहरु उत्कृष्ट रहे । प्रतियोगिताकै उत्कृष्ट खेलाडी महेन्द्र श्रेष्ठ चुनिए भने उत्कृष्ट सेटर एपीएफकै दिनेश गिरी, उत्कृष्ट स्पाइकर एपीएफका टेकराज अवस्थी, उत्कृष्ट क्वीकरमा एपिएफका बलीराम चौधरी र प्रशिक्षक एपीएफका ज्ञानेन्द्र बिष्ट चुनिए । यस्तै उत्कृष्ट सर्बर गीताञ्जलीका दौलत सिंह, उत्कृष्ट डिफेन्स गण्डकीका राजन दर्लामी मगर र उत्कृष्ट ब्लकर गण्डकीकै हरि पाण्डे चुनिए । 

प्रतियोगिताकै उत्कृष्ट खेलाडी महेन्द्रले मोटरसाइकल पुरस्कार पाउँदा बिधागततर्फ उत्कृष्ट सबैले जनही पाँच हजार पुरस्कार पाए । विजेता टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदकी सदस्य यानकुमारी गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द, नेपाल बिद्यालय भलिबल कमिसनका नवनिर्वाचित अध्यक्ष रामबहादुर केसी, ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष मनवीर छन्त्याल लगायतले पुरस्कार वितरण गरेका थिए । एक सातासम्म चलेको प्रतियोगितामा १६ टोली सहभागि भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC