site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपतिद्वारा अरनिकोको शालिक अनावरण 
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय विभूति अरनिकोको पूर्णकदको शालिक (प्रतिमा) राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी छन् । 

ललितपुरको महानगरपालिका परिसरमा आयोजना गरिएको प्रतिमा अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले अरनिको नेपालका सांस्कृतिक दूत भएकाले नेपाल–चीन सम्बन्ध परिपक्व अवस्थामा पुगेको बताइन् ।  राष्ट्रपति भण्डारीले भनिन्, “तेह्रौं शताब्दीमा नेपालबाट चीनमा गएका कलाकार अरनिकोले नेपाली मौलिक शैलीका श्वेतचैत्य र विहारहरू निर्माण गरेर चीन–नेपाल जनस्तरीय तथा सांस्कृतिक सम्बन्ध विकासमा योगदान पुर्याउनुभएको छ ।”

Agni Group

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले, नेपाली कला र संस्कृतिको विश्वमै विशिष्ट स्थान रहेको भन्दै यसलाई संरक्षण र सम्बद्र्धन गर्नु सबैको दायित्व भएको बताए । 

कालजयी धातु तथा प्रस्तरका मूर्ति तयार गर्नुका साथै विश्वमै ख्यातिप्राप्त अनुपम वास्तुकला निर्माण गरेका अरनिको नेपालका अमूल्य रत्न रहेको मन्त्री अधिकारीले बताए । 

Global Ime bank

कार्यक्रममा सहभागी नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्ध प्रवर्द्धनमा अरनिकोले पुर्याएको योगदानको प्रशंसा गर्दै भनिन्, “अरनिकोले नेपाल चीनबीचको परम्परागत मित्रताको विकासमा प्रेरणा दिनुभएको छ ।”

संस्कृतिविद् सत्यमोहन जोशीले दुई देशबीच हिमालका शिखरका कारण अनेक कठिनाइ भएपनि नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध बलियो रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC