site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सिन्धुली । सिन्धुलीको दूधौली नगरपालिकामा युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

शैक्षिक सामग्री वितरण केन्द्रका नाममा तालीमको आयोजना गर्ने केन्द्रका दिगम्बर शाहलाई प्रहरीले पक्राउ गरेको हो । शाहलाई हिजो पक्राउ गरिएको र आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धान गरेपछि घटनाको यथार्थ जानकारी आउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

स्थानीय बासिन्दाको कडा दबाबपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । ठगी गरेको आरोप लागेका व्यक्तिलाई स्थानीयवासीले बारम्बार पक्राउ गर्न आग्रह गरे पनि प्रहरीले भगाउन खोजेको थाहा पाएपछि आन्दोलन गर्नुपरेको स्थानीयवासी रवीन्द्र देवकोटाले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीयवासीको विरोध र सडकमा काठका मुढा, ढुङ्गा राखेर सडक नै अवरोध पारेपछि प्रहरीले शाहलाई पक्राउ गरेको छ । सिन्धुलीको दूधौली नगरपालिका–२ हत्पते भलुवाहीमा रोजगारीका लागि नेतृत्व विकास तालीम दिने भन्दै सिन्धुलीसहित अन्य जिल्लाका युवायुवतीलाई फसाएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । 

शैक्षिक सामग्री वितरण केन्द्रले कर्मचारी आह्वान गरेर हत्पतेको रतनपुर जङ्गलमा तालीमको बाहना गर्दै सिन्धुली, उदयपुर, डडेल्धुरा, बझाङलगायत जिल्लाका २५ जना युवायुवतीलाई बेचबिखन गर्न लागिएको समेत स्थानीयवासीले आरोप लगाएका छन् । 

Global Ime bank

हाल शाहलाई इलाका प्रहरी कार्यलय डकाहामा राखिएको छ । शाहको साथबाट शैक्षिक सामग्री केन्द्रको वैधानिकता खोजी गर्दा दिनेश कार्कीको नाममा रहेको पुस्तक पसल भएको खुल्नआएको दूधौली नगरपालिका–२ नं वडाध्यक्ष रितेश राउते बताए ।  

स्थानीयवासीले आरोपितसँग प्रहरीचौकी हत्पतेका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नवलकिशोर यादवको समेत संलग्ना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । 

सुदूरपश्चिम तालीम केन्द्रका नाममा तालीम सञ्चालन गरिएको, फारम भरिसकेपछि उसले देउराली स्कुलमा लगेर छनोट गरेको र त्यसपछि बर्दिवासमा रहेको नवक्षितिज क्याम्पसमा लगेर सिटिजन लाइफ इन्स्योरेन्सको बारेमा जानकारी गराएको थियो । 

यसअघि पनि दूधौली नगरपालिकाको विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई ठगी गरी सातजना युवती बेचबिखनका लागि भारततर्फ लैजान लागेको भन्दै प्रहरीले दुई वर्षअघि पनि एक जनालाई पक्राउ गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC