site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बुटवल । बुटवलमा पहिलोपटक ५ नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता आयोजना गरिएको छ । 

प्रदेश नं ५ का १२ वटा जिल्लाबाट सहभागी भएकामध्ये १० उत्कृष्ट गजलकारलाई वाचनका लागि शुक्रबार बुटवल बोलाइएको थियो । शान्ति र समृद्धि केन्द्रित गजलमा रुपन्देहीका विष्णु विवश पोखरेल प्रथम, दाङका वसन्त वली वसन्ती द्वितीय, बुटवलका पुरुषोतम पाण्डे तृतीय र पाल्पाका भोजराज भट्टराई तथा गुल्मीका कृष्ण गाउँलेले सान्त्वना स्थान हासिल गरेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीले संयुक्तरूपमा प्रतियोगितामा प्रथमलाई रु १० हजार, द्वितीयलाई रु पाँच हजार, तृतीयलाई रु तीन हजार र सान्त्वनालाई जनही पुरस्कार रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।  

नगरप्रमुख सुवेदीले साहित्य कला र संस्कृतिको उत्थानका लागि उपमहानगरले चालू आर्थिक वर्षका लागि रु २५ लाख विनियोजन गरेको र प्रतिष्ठानलाई बृहत् बनाउने गरी ऐन, नियम, बनाउने काम भइरहेको जानकारी दिए ।  

Global Ime bank

एक दर्जन स्रष्टाले आ–आफ्ना रचना वाचन गरेका सो प्रतियोगितामा निर्णायक मण्डलका संयोजब बुद राना, सदस्य रुद्र ज्ञवाली, प्रतिष्ठानका सचिव दलबहादुर गुरुङलगायतले साहित्यका विविध विषयमा चर्चा गरेका थिए । 
 
गजल विधालाई पनि परिवर्तनशील, अग्रगामी र समाज रुपान्तरणको माध्यम बनाउन प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष ज्ञवालीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC