बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘राजनीतिक दलकै कारण तीन वटै चुनाव असम्भव’
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, असोज ८, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
फलेवास । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।  
सदरमुकाम कुश्मामा आइपुग्नुभएका उप्रेतीले शनिबार पत्रकारहरुसँग कुरा गर्दै अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का पैदा गरेको छ, दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुने बताए ।  राजनीतिक दलहरु नै चुनावको पक्षमा नभएको आरोप लगाउँदै उनले बाँकी १६ महिनाभित्र तीन वटै चुनाव गर्न सकिने भएकाले अब तत्काल ऐन बनाएर अघि बढ्नुपर्ने बताए ।  
उप्रेतीले दुई दशकदेखि हुन नसेकेको स्थानीय निकायको निर्वाचन जति सक्दो चाँडो गर्नुपर्नेमा पनि जोड दिए । निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनको वातावरण बनाउन सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिए ।  
लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने बताउँदै उहाँले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने बताए । 
उप्रेतीले भने, “अघिल्लो निर्वाचनमा पनि केही दल असहमत थिए तर मिति घोषणा भएपछि सफल रुपमा सम्पन्न भयो, अहिले पनि त्यही माध्यमबाट अघि बढ्नु आवश्यक छ ।” रासस 
Nepal Investment bank
Nepal Investment bank
शनिबार, असोज ८, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्