अर्थ व्यवसाय
काठमाडौं । सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि अमेरिकामा रहेको नेपालीले सिगे मनी ट्रान्सफरमार्फत् नेपालको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सक्ने भएका हुन् ।
सिगे मनी ट्रान्सफर अमेरिकाको १५ हजारभन्दा बढी एजेन्ट (आउटलेट) र विश्वभरी १ सय ३० भन्दा बढि देशमा आफ्नो छुट्टै सञ्जाल छन् ।
यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरे । सिटी एक्सप्रेसले विगत १२ वर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजारभन्दा बढी एजेन्टमार्फत् भुक्तानी गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५ १९:३४
प्रतिक्रिया दिनुहोस्