site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय संसद्बाट पारित भएका मौलिक हक सम्बन्धी सबै कानून शतप्रतिशत कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताएका छन् ।  

नेपाल जेसिज क्षेत्र ख सम्मेलनको शुक्रबार पर्वतको कुस्मा बजारमा उद्घाटन गर्दै उनले भने, “आर्थिकरुपमा मुलुक समृद्ध नभएसम्म मौलिक हकका सबै कानून शतप्रतिशत कार्यान्वयन गर्नु चुनौतीपूर्ण काम हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष तिमिल्सिनाले भने, “अबको जिम्मेवारी मौलिक हक सम्बन्धी सबै कानून शतप्रतिशत कार्यान्वयन गर्नु हो, अहिलेकै अवस्थामा यो चुनौतीपूर्ण कार्य छ, त्यसैले कानूनले सुनिश्चित गरेका मौलिक हक अधिकार उपभोग गर्न सक्ने हैसियत नेपाली जनताको बनाउनुपर्छ ।” 

सङ्घीय संसद्ले अहिलेसम्म मौलिक हक सम्बन्धी १६ वटा विधेयक सर्वसम्मतरुपमा पारित गरेको बताउँदै उनले भोको पेटलाई कानूनको किताब देखाएर नपुग्ने भएकाले आर्थिक समृिद्धको यात्रामा नबढी सुखी छैन भने ।  

Global Ime bank

“संविधानमा असहमति राख्ने पक्षलेसमेत मौलिक हक पारित गर्दा सहमति गरेका छन्”, अध्यक्ष तिमिल्सिनाले भने,  “संविधानले दिएको हक कार्यान्वयन गर्ने वातावरण बनाउने दायित्व सबै राजनीतिक दलले लिनुपर्छ ।” अध्यक्ष तिमिल्सिनाले संविधानले ग्यारेण्टी गरेका कुरा पूरा नहुँदा नागरिक अदालत जान सक्ने अवस्था रहेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच उच्चस्तरको एकता र समन्वय हुनुपर्नेमा जोड दिए ।  

मुलुकमा विधिको शासन स्थापित गर्नुपर्ने आवश्यकतामाथि जोड दिदैं विधि एकातर्फ तर शासन अर्कोतर्फ हुने विगतको परम्परालाई दोहोरिन दिनु हुँदैन भन्नेमा सबै सचेत हुनुपर्छ भने । रासस 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC