site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासङ्घको आसन्न ११ औंँ अधिवेशनमा निर्माण व्यवसायी रवि सिंहले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ । 

रिपोर्टस क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा उनले निर्माण व्यवसायीको हक हितका साथै गुणस्तरीय सेवा र यस सेवामा देखिएका कमी कमजोरीलाई सच्याउनेतर्फ आफनो ध्यान केन्द्रित हुने बताए ।  

Agni Group

यसैगरी सिंहकै नेतृत्वमा महासङ्घका वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे र महासचिवमा हुमनाथ कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गरे । त्यस्तै उपाध्यक्षहरुमा प्रदेश नं. ३ बाट पेम्बा लामा, प्रदेश नंं. ४ बाट राजेन्द्र पहाडी, प्रदेश नं. ५ बाट रुद्र शर्मा, प्रदेश नं. ६ बाट रत्न खड्का र प्रदेश नं. ७ बाट टेकबहादुर सेठ्ठीले पनि आफ्नो उम्मेदवारी घोषणा गरे ।  

यसैगरी उप–महासचिव पदमा सूर्य तिमिल्सिना, कोषाध्यक्षमा हिरण श्रेष्ठ र सह–कोषाध्यक्षमा सरस्वती कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरे । प्रदेश नं. १ र प्रदेश नं. २ को उपाध्यक्ष पदका लागि छलफल भइरहेकाले अहिले नै उम्मेदवारी तय नभएको सिंहले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC