देश
वीरगञ्ज । नेपालबाट भारततर्फ अवैधरुपमा साइकलमा लगिएको छ लाख मूल्य बराबरको एक हजार ४ सय केजी मरिच पर्सा प्रहरीले शुुक्रबार बरामद गरेको छ ।
कुल ५६ बोरा मरिच १४ वटा साइकलमा भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए । तस्कर भने सुरक्षाकर्मीलाई देख्नासाथ साइकल र मरिच छाडी भागेका थिए । मरिच र साइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५ २२:००
प्रतिक्रिया दिनुहोस्