अर्थ व्यवसाय
काठमाडौं । लुम्बिनी विकास बैंकको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सञ्चालक समितिको अध्यक्ष चुनेको छ । नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथावित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५ १७:००
प्रतिक्रिया दिनुहोस्