site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नबिल बैंकले विदेश भ्रमणमा जाने ग्राहकको बीमा गरिदिने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकलाई वैदेशिक यात्रा स्वास्थ्य बीमा गरिदिने भएको छ । बैंकले प्रभु इन्स्योरेन्ससँगको साझेदारीमा नेपालमा पहिलोपटक उस्तो योजना ल्याएको हो ।
बैंकले जारी गरेको विज्ञप्तिमा ग्राहकको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाका साथ बीमा सुविधा दिन लागेको उल्लेख गरिएको छ । बैंकले आफ्नो काउन्टरबाट प्रिपेड कार्ड, बैंक ड्राफ्त र विदेशी मुद्रा सटहीजस्ता सेवाका लागी आउने ग्राहकहरुलाई वैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउने भएकोहो । यो अवधारणा नेपालको लागि नयाँ अभ्यास हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहका अनुसार बैंकका सेवासँग समायोजन भएको ट्राभल बीमा सेवाले ग्राहकहरुको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणलीबाट समाधान दिन सक्षम हुनेछ । साथै यसले विदेश यात्रा गर्ने व्यक्तिहरुलाई सुरक्षित र सुविधाजनक यात्राको लागि बीमाको महत्वबारे सजग गराउन पनि मदत गर्ने उनको दावी छ । 
बीमा योजना तुरुन्त जारी गर्ने सेवासँगै समाजलाई केही नौलो सेवा प्रदान गर्ने क्रममा नबिल बैंकले अर्को अध्याय थपेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC