site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
३ लाख १३ हजार घर पुनर्निर्माण सम्पन्न, ६ खर्ब जुट्छ: प्राधिकरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूकम्पबाट क्षति भएका घरमध्ये ३ लाख १३ हजार घर निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । निजी आवास पुनर्निर्माणअन्तर्गत कुल लाभग्राही ८ लाख १० हजार ६ सय ९० मध्ये ३८ दशमलव ५१ प्रतिशत घर निर्माण सम्पन्न भएको हो ।

प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको ८ औं बैठकमा नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पुनर्निर्माणमा अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराएका हुन् । उनका अनुसार हाल ५ लाख ५१ हजार घर निर्माणाधीन छन् ।

प्राधिकरण प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार भूकम्पबाट प्रभावित ८ लाख घर परिवारमध्ये निजी आवास निर्माणका लागि ९० प्रतिशतले पहिलो किस्ता, ६२ प्रतिशतले दोस्रो किस्ता र ३२ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी, ७ हजार ५ सय विद्यालय मध्ये ३ हजार ८ सय विद्यालयको निर्माण सम्पन्न भएको छ भने २ हजार ७ सय निर्माणको क्रममा छन् । १ हजार २  सय स्वास्थ्य संस्था मध्ये ६ सय ५० को निर्माण पूरा भएको छ र १ सय ५० निर्माणाधिन छन् । प्राधिकरणका अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदामध्ये १ सय ८५ वटा सम्पदाको निर्माण सकिएको भने ३ सय १० वटा निर्माणको क्रममा छन् ।

यसैबीच, प्राधिकरण सीईओ ज्ञवालीले पुनर्निर्माणमा आवश्यक थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गरिने बताएका छन् । ज्ञवालीले नेपाल सरकार र दातृ निकायसँगको सहकार्य र छलफलमा पुनर्निर्माणका लागि देखिएको आर्थिक ‘ग्याप’लाई पूरा गर्ने बताएका हुन् ।

Global Ime bank

बैठकमा ज्ञवालीले पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न आवश्यक थप करिव ६ खर्ब रुपैयाँ जरुरी रहेको पनि  जानकारी गराएका थिए । पञ्चवर्षीय पुनर्निर्माण योजना अन्तर्गतका योजना तथा कार्यक्रम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको छ ।

हालसम्मको बजेट खर्च तथा चालू आर्थिक वर्षका लागि छुट्टाइएको बजेट जोड्दा करिब ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुनेछ । पुनर्निर्माणमा केही स्रोत गैरसरकारी तथा निजी क्षेत्रबाट पनि परिचालन भएको छ । उनले पञ्चवर्षीय पुनर्निर्माण योजना परिमार्जनको क्रममा रहेको र सोपश्चात् वास्तविक वित्तीय आवश्यकता आउने बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माणका लागि २०७२ असारमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देश र दातृ निकायहरुले व्यक्त गरेको प्रतिबद्धता अनुसारको रकम समयमा प्राप्त गर्नका लागि प्रयास गर्ने बताए । 

बैठकमा विकास साझेदारका संस्थाका प्रतिनिधिहरुले ग्रामीण क्षेत्रमा भएको निजी आवास पुनर्निर्माणमा भएको प्रगतिको प्रशंसा गर्दै निजी आवासका लागि अनुदानको किस्ता लिइसक्नु पर्ने समयसीमा र निजी आवास पुनर्निर्माणबारे चासो व्यक्त गरेका थिए ।

विकास सहायता समन्वय तथा सहजीकरण समितिको बैठकमा भारत सरकार, विश्व बैंक, संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, जाइका, युएसएड, डिएफआइडी, युनडिपी, एसडिसी लगायतका विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय मन्त्रालय, परराष्ट्र मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, राष्ट्रिय योजना आयोग लगायतका प्रतिनिधिको पनि सहभागिता थियो ।
 

यस्तो छ प्रगति

कुल सर्वेक्षण घरधुरी : ९९६५८२

लाभग्राही सुचीमा परेका कुल संख्या : ८१०६९०

प्रबलीकरण सुचीमा परेका लाभग्राही संख्याः ६१८९१

अनुदान सम्झौता सम्पन्न : ७२२७६९

पहिलो किस्ता वितरण : ७१४५४२

दोश्रो किस्ता वितरण : ४७६६४५

तेस्रो किस्ता वितरण : २५९१८४

निजि आवास पुनर्निर्माण निर्माण सम्पन्न भएका घर : ३१३०१७

बन्दै गरेका घरहरु : ५५१२३६

तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या : ३०७०७३

तेश्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरीएका लाभग्राही संख्या : २९६३२८

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC