खेल
काठमाडौं । जित्नैपर्ने दबाबका बीच म्यानमारविरुद्ध मैदान उत्रिएको नेपाली यु–१६ महिला फुटबल टोली पहिलो हाफमा १० गोलले पछि परेको छ । हलचोकस्थित सशस्त्रको मैदानमा खेलको ४ औं मिनेटमा अग्रता लिएको म्यानमारले नेपालको पोष्टमा एकपछि अर्को गोल गरेको छ ।
पहिलो हाफमा नेपालविरुद्ध १० गोलको अग्रता लिँदा म्यानमारकी कप्तानले उत्कृष्ट प्रदर्शन गरेकी छन् । पहिलो हाफमा फराकिलो अन्तर बनाएको म्यानमारले मलेशियालाई ३–० हराएको थियो भने नेपालले फिलिपिन्ससँग ४–० को हार ब्यहोरेको थियो । मलेशिया, म्यानमार, फिलिपिन्स र नेपाल रहेको समूह ई बाट शिर्ष दुईमा रहने टोली थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा सहभागि हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५ १६:१९
प्रतिक्रिया दिनुहोस्