site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मलेसियामा विषाक्त मदिरा सेवनबाट मुत्यु हुने नेपालीको संख्या ७ पुग्यो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मलेशियाको सेलांगोर राज्यको विभिन्न स्थानमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । मदिरा सेवनपछि बिरामी भई उपचार भइरहेकामध्ये नवलपरासी देउराली–८ का दुर्गासिंह रानाको शुक्रबार मृत्यु भएको हो । उनको उपचार सुगाईबुलो अस्पतालमा भइरहेको थियो । सोमबार सेलांगोरमा विषाक्त मदिरा सेवन गर्दा २४ जना नेपाली बिरामी परेका थिए, जसमध्ये ६ जनाको उपचारको क्रममा यसअघि मृत्यु भइसकेको थियो । 
“विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । शुक्रबार थप एक जना नेपालीको उपचारका क्रममा मृत्यु भएको छ,” मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमार खरेलले बाह्रखरीसँग टेलिफोनमा भने, “अझै अस्पतालमा १२ जनाको उपचार भइरहेको छ ।” 
मदिरा सेवनपछि बिरामी भई अस्पतालमा उपचारतमध्ये ५ जना नेपाली अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । 
विषाक्त मदिरा सेवन गर्दा यसअघिनै मृत्यु भएका नेपालीमा धादिङ बसेरी–३ का मिमबहादुर घले, रुपन्देही मसिना–६का रामकुमार यादव, डडेल्धुरा अमरगढी–५ का बिशाल बुढाथोकी, सुनसरी पश्चमकुसाहा–९ का संजय उराव, इलाम सिद्धिथुम्का–९ का बलबहादुर कुलुंग र आइत सिंह गोले रहेका छन् । 
यस्तै, मदिरा सेवनपछि विरामी भई अस्पतालमा उपचार गराईरहेका नेपालीमा संखुवासभा सिद्धकाली–४ का लुंगनाथ मगर, सिन्धुली रानीचुरी–५ का जितबहादुर माझी, बर्दिया मैनापेखर–३ का प्रविन थारु, सुनसरी महेन्द्रनगर–६ का दुर्गाबहादुर राई, रोल्पा राङ्गसी–४ का भागीमान डागी, बारा रघुनाथपुर–६ का राधेश्याम बैठा, रुपन्देही फरेना–७ का रामचन्द्र लोध, गोरखा च्याङ्गली–२ का लोकबहादुर बराम छन् । 
सर्लाही ढुंग्रेखोला–८ का रिखा मान स्याङतान, सरु मगर (ठेगाना नखुलेको),सुकुवल घिसिङ, राजेश कुमार, बिमल कार्की, पाँचथर चोकामागु–६ का सेत बिर तुम्बाप्पो र मोरंग बाबियाबिर्ता–३ का जम्बिरलाल झाँगड पनि विशाष मदिरा सेवनपछि वरामभई अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारत मध्ये संखुवासभाका मगर र बर्दियाका थारु, सुनसरीका राई र रोल्पाका डागी डिस्चार्ज भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC