site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अस्करमा भिड्दै नेपाली चलचित्र ‘पञ्चायत’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ९१ औं अस्कर अवार्डमा नेपालबाट चलचित्र ‘पञ्चायत’ भिड्ने अवसर पाउने भएको छ । ‘पञ्चायत’ ले अस्कर अवार्डमा ‘उत्कृष्ट विदेशीभाषी फिल्म’ को विधामा प्रतिस्पर्धा गर्नेछ । 

अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस (अम्पास)द्वारा मान्यताप्राप्त नेपालको छनोट समितिले ‘पञ्चायत’ लाई छनोट गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘पञ्चायत’ ५ दशक अगाडिको पञ्चायती व्यबस्थाभित्रको सामाजिक संरचना र उक्त समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोणलाई केन्द्रीय कथानक बनाएर निर्माण गरिएको चलचित्र हो । 

शिवम अधिकारीले निर्देशन गरेको ‘पञ्चायत’ मा निता ढुङ्गाना, सरोज खनाल, रूपा राना, गणेश गिरीलगायत मुख्य कलाकारका रुपमा रहेका छन् । 

Global Ime bank

अस्करमा छनोटका लागि ‘पञ्चायत’सँगै ‘तान्द्रो’ ‘माई लभ’ले आवेदन दिएका थिए । समितिले तीनवटै चलचित्र मापदण्ड भित्र रहेर बनेका स्तरीय रहे पनि प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिका हिसावले ‘पञ्चायत’ छनोटमा परेको प्रेस विज्ञप्तिमा जनाएको छ ।  

अस्कर अवार्ड २०१९ फेब्रुअरी २४ तारिखमा अमेरिकाको लस्एन्जेलसमा हुनेछ । 

यो चलचित्रले सन् २०१७ मा सन् फ्रान्सिस्को इन्टरनेशनल न्यू कन्सेप्ट फिल्म फेष्टिवलमा वेस्ट फरेन ल्यांग्वेज फिचर र वेष्ट एक्ट्रेस अवार्ड जितेको थियो । 
  


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC