site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टिकट बुकिङमा व्यवसायीका नयाँ सर्त– पुरानो भाडामा सकिँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । याताायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता नगरे दसैंको अग्रिम टिकट बुकिङ खोल्न नसकिने नयाँ सर्त अघि सारेका छन् । यसअघि व्यवसायीले भाडादर समायोजन र रोक्का खाता फुकुवाको माग गर्दै सो मागमा यातायात व्यवस्था विभाग लचिलो देखिएपछि आज (शुक्रबार)बाट टिकट बुकिङ खोल्ने निर्णय गरेका थिए ।

यातायात व्यवस्था विभागमा भदौ ३१ गतेको बैठकमा व्यवसायी र विभागबीच आजदेखि दसैंको टिकट बुकिङ खुला गर्ने सहमति भए पनि व्यवसायीले पेट्रोलियम पदार्थमा पछिल्लो समय भएको मूल्यवृद्धि फिर्ता नभएसम्म दसैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने बताएका हुन् ।

“हामीले सरकारसँग गरेको सहमतिअनुसार कर्मचारीलाई तलब दिन खाता फुकुवा गर्नैपर्छ, तर गरिएको छैन,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बाह्रखरीसँग भने, “अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पुरानै भाडादरमा टिकट बुकिङ गर्न सकिँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

इन्धन र स्पेयर पार्टस्को मूल्यवृद्धि भइरहे पनि यसअनुसार सरकारले भाडा नबढाएको व्यवसायीहरुको गुनासो छ । “हामीले २०६९ सालको भाडादरमा आवश्यक परिमार्जन गर्न सरकारलाई बारम्बर आग्रह गर्दै आएका छौं । तर हाम्रा मागलाई सरकारले गम्भीरतापूर्वक लिएको छैन । हाम्रा माग पूरा नभएसम्म हामी हामी दसैंको अग्रिम टिकट बुकिङ खोल्दैनौं,” महासंघका महासचिव सरोज सिटौलाले भने ।  

देशभरका ३ सय ७ संघ, समितिमध्ये सरकारले वैशाखमा २ सय ४५ वटा संघ, समितिको खाता रोक्का गरेका कारण दसैंको समयमा नयाँ गाडी भित्र्याउन नसकेकोमा पनि व्यवसायीको आपत्ति छ । 

Global Ime bank

बैक खाता रोक्का भएकै कारण सडक दुर्घटनामा उपचाररत घाइतेको खर्च तिर्ने रकम पनि आफूहरुसँग नभएकाले घाइतेहरुको अभिभावकत्व सरकारले लिनुपर्ने पनि व्यवसायीको माग छ । 

“यी सबै कुराहरु बिस्तारै मिल्दै जाने कुराहरु हुन्, हाम्रो अहिलेको बटमलाइन भनेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारले फिर्ता लिई वैज्ञानिक भाडादर तोक्नुपर्छ भन्ने नै हो । चाडबाडका मुखमा यात्रु अलपत्र पारेर सरकारले व्यवसायीलाई दोषी देखाउन खोजेको छ,” महासचिव सिटौलाले भने ।

यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्ययले भने यसअघि यातायात व्यवस्था विभागमा भएको सहमतिअनुसार व्यवसायीले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्नुपर्ने बताए । इन्धनको मूल्यवृद्धिको कारण देखाउँदै अग्रिम टिकट बुकिङ खुल्न नसकेको उनको भनाइ छ । 

यसका साथै यही असोज २ गतेबाट देशभरका सार्वजनिक यातायातका चालक असन्तुष्ट रहेको विषय पनि दसैंको टिकट बुकिङ गर्ने विषयसँग एकैसाथ जोडिएर आएको छ । “भदौ १ बाट जारी नयाँ मुलुकी संहिताको विरुद्धमा चालकहरुलाई उचालेर सरकारले हटाएको सिन्डिकेट पुनः फर्काउन व्यवसायीले चालकलाई आवश्यक रकम र खाना–पानी दिएर सहयोग गरिरहेका छन्,” तराई यातायात व्यवसायी संघ बारा स्रोतले भन्यो, “अहिले चालकहरु आन्दोलित गरेर सार्वजनिक यातायात प्रभावित पार्ने र भोलि तिनै चालकलाई सिन्डिकेटको विरोधमा यातायात बन्द गराउने व्यवसायीको गोप्य साँठगाँठ रहेको बुझिन्छ ।”

सरकारले व्यवसायीका यी मागलाई कसरी समाधान गर्ने भन्नेबारे अझैसम्म ठोस निष्कर्ष निस्किनसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव तथा प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए ।

सरकारले चैत १८ मा नयाँ निर्देशिका जारी गर्दै यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउने र यातायात संघ, समिति नचिन्ने बताए पनि हाल तिनै व्यवसायीलाई सरकारले चरणवद्ध रुपमा छलफलमा बोलाइनु अचम्मलाग्दो रहेको सार्वजनिक यातायात सुधार अभियन्ताहरुको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC