site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२ हजार दिनमा ६ हजार बलात्कारका घटना, अधिकांश परिचितबाटै
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त प्रकरण सेलाएको छैन । घटनाको अनुसन्धानमा कमजोरी गरेको भन्दै एसपी डिल्लीराज विष्टसहित ६ प्रहरी अधिकृत निलम्बनमा परेका छन् । 

गत साउन ११ गते उखुबारीमा मृत फेला परेकी निर्मला हत्यामा को संलग्न थिए, खुल्न सकेको छैन । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि छुट्टाछुट्टै समिति गठन गरेका छन् ।

यस्तै, गत ७ माघमा राजधानीको दरबारमार्गमा कैलालीकी २० वर्षीया चौधरी समुदायकी एक युवतीको सामूहिक बलात्कार भयो । युवतीकै प्रेमी भनिने शैलेश कार्कीले उनलाई होटलमा लगेर तीन जना युवाहरूको साथमा सामूहिक बलात्कार गरेको पुष्टि भयो । घटना गुपचुप राख्न खोजेको अभियोगमा दरबारमार्गका तत्कालीन सई चन्द्र भण्डारी र इन्पेसक्टर लक्ष्मणसिंह ठकुरी निलम्बनमा परे । 

Prabhu Bank
Agni Group
NIC Asia

यी चर्चामा रहेका प्रतिनिधि घटनामात्रै हुन् । पछिल्लो समय बलात्कारको तथ्यांंक हेर्ने हो भने डरलाग्दो छ । कतिपय घटनामा प्रहरीकै अधिकारी पीडकसँग मिल्ने गरेका कारण पनि बलात्कारका घटनामा पीडकले उन्मुक्ति पाउने गरेका तथ्यहरु पनि आएका छन् । 
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भने बालहिंसा र महिला हिंसाका विषयमा प्रहरीले शून्य सहनशिलताको नीति लिएको बताउँछन् । 

६ वर्षमा ६ हजार बलात्कारका घटना

Global Ime bank

आर्थिक वर्ष ०६९–०७०  देखि ०७४–०७५ को ६ वर्षको तथ्यांक विश्लेषण गर्ने हो भने बलात्कारका घटनाको ग्राफ बढ्दो छ । प्रहरी प्रधान कार्यालयको ६ वर्ष अर्थात् २ हजार १ सय ९० दिनमा ६ हजार २ सय ६३ बलात्कारका घटना दर्ता भएका छन् । जसमा ६२ प्रतिशत बलात्कारका घटनामा परिचित व्यक्तिकै संलग्नता पाइएको छ । प्रहरी प्रवक्ता थापा क्षेत्री भन्छन्, “बलात्कारको ट्रेन्ड हर्ने हो भने ६२ प्रतिशत घटना परिचितबाटै भएको देखिन्छ, यो आफंैमा डरलाग्दो कुरा हो ।’’ परिचित व्यक्तिबाट भएको बलात्कारमा पीडितको हत्या हुने सम्भावना बढी रहने प्रहरी अधिकारीहरुको अनुभव छ । आर्थिक वर्ष ०७४–०७५ मा मुलुकभर १४ सय ८० वटा बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी हो । 

यसअघि आर्थिक वर्ष ०६९–०७० मा मुलुकभर ६७७ वटा बलात्कारका घटना भएका थिए । यीमध्ये पूर्वी नेपालमा मात्रै २ सय १७ वटा घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ । काठमाडौं उपत्यकामा १ सय २९ वटा बलात्कारका घटना हुँदा सबैभन्दा कम सुदूरपश्चिममा ४० वटा बलात्कारका घटना घटेको तथ्यांक छ । 

आर्थिक वर्ष ०७०–०७१ मा ९ सय ५ वटा बलात्कारका घटना भए । यो आर्थिक वर्षमा ०६९–०७० मा भन्दा २ सय २८ बढी बलात्कारका घटना घटे । ०७०–०७१ मा पनि पूर्वमा २ सय ५८ वटा बलात्कारका घटना भए । त्यसपछि काठमाडौं उपत्यकामा २ सय बलात्कारका घटनामा प्रहरीमा उजुरी परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । 

आर्थिक वर्ष ०७१–०७२ मा ९ सय ८१ वटा बलात्कारका उजुरी परेको देखिन्छ । यो वर्ष पनि पूर्वमा ३ सय २ वटा, काठमाडौं उपत्यकामा १ सय ९१ र पश्चिमाञ्चलमा १ सय ७६ उजुरी परे । सुदूरपश्चिममा सबैभन्दा कम ६० वटा बलात्कारका घटना भए । 

आर्थिक वर्ष ०७२–०७३ मा १ हजार ८९ वटा बलात्कारका घटना घटे । यो वर्ष पनि सबैभन्दा बढी पूर्वमै २ सय ९५ वटा बलात्कारका घटना भए । यो वर्ष ०७१–०७२ भन्दा १ सय ८ वटा घटना बढी भए ।  आर्थिक वर्ष ०७३–०७४ मा यो संख्या बढेर १ हजार १ सय ३१ पुग्यो । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार बलात्कृत हुनेमा १५–१६ वर्षका किशोरी बढी छन् । आर्थिक वर्ष ०७२–०७३ को तथ्यांकअनुसार १० वर्षमुनिका २ सय १३ जना बालिका बलात्कारको सिकार भए ।

यस्तै १५ देखि १६ वर्षमुनीका ३ सय ५० बालिका बलात्कृत हुँदा १९ देखि २५ वर्षमुनिका १ सय १८ जना, २६ देखि ३५ वर्षमुनिका १ सय ३१ र ३६ देखि ४५ वर्षमुनिका ६९ जना बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रहरी प्रवक्ता क्षेत्री ग्रामीण भेग र गरिब परिवारका किशोरीहरू बढी बलात्कृत हुने गरेको बताउँछन् । क्षेत्रीको बुझाइमा समाज र परिवार सचेत नुहँदा बलात्कारका घटना बढिरहेका छन् । ‘‘पछिल्लो समयमा मिडियाले ल्याएको जागरणका कारण पनि बलात्कारका घटनामा सतह र कानुनी दायरामा आइरहेका छन्, पहिले त्यस्तो थिएन । कतिपय घटना गाउँमै मिलाइन्थ्यो,’’ एसएसपी क्षेत्रीले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC