site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भाडा बढाउन नपाउँदा व्यवसायीले दसैंको टिकट बुकिङ खोलेनन्, यात्रु रित्तो हात फर्किए
Sarbottam CementSarbottam Cement

काठमाडौं । यातायात व्यवसायीले भाडादर समायोजन र रोक्का खाता फुकुवाको माग अघि सार्दै दसैंको टिकट बुकिङ नखोल्ने निर्णय गरेका छन् । आजदेखि दसैंको टिकट बुकिङ खुला गर्ने यसअघि सहमति भएको भए पनि व्यवसायीले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने बताएका हुन् । 

“हामीले सरकारसँग गरेको सहमतिअनुसार कर्मचारीलाई तलब दिन खाता फुकुवा गर्नैपर्छ, तर गरिएको छैन । अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पुरानै भाडादरमा टिकट बुकिङ गर्न सकिँदैन,” नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बाह्रखरीसँग कुरा गर्दै भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार आफूहरुले सरकारलाई भाडादर समायोजन गर्न आग्रह गरेको भए पनि बेवास्ता गरेका कारण टिकट बुकिङ खुला नगरिएको बताए ।

यसअघि यातायात व्यवस्था विभागमा भएको सहमतिअनुसार व्यवसायीले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्नुपर्ने थियो । महासचिव सिटौलाले सरकारले भाडा समायोजनसहित अन्य माग पूरा नगरेसम्म आफूहरुले टिकट बुकिङ खुला नगर्ने बताए ।
यसैबीच आजदेखि अग्रिम टिकट बुकिङ खुला हुने भन्दै टिकट लिन नयाँ बसपार्क पुगेका यात्रु खाली हात फर्किनुपरेको छ ।

Global Ime bank

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले बिहानै टिकट लिन आएका यात्रु रित्तो हात फर्किएको बताए । 

व्यवसायी महासंघका महासचिव सिटौलाले २०६९ सालदेखि भाडा प्रत्येक वर्ष समायोजन गर्ने भनिएको भए पनि त्यसयता एकपटक पनि समायोजन हुन नसकेकाले अब समायोजन नभएसम्म टिकट बुकिङ खुला नहुने बताए । उनका अनुसार ३१ गते भएको सहमति यातायात व्यवस्था विभागले नै कार्यान्वयन नगरेको उनको भनाइ छ । उनका अनुसार ३१ गते रोक्का भएको खाता फुकुवा र भाडा समायोजन गर्ने सहमति विभागले नै कार्यान्वयन गरेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC