site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सोल (रासस/सिन्ह्वा) । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गरेका छन् ।

दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गरेको समाचारमा जनाइएको छ । तीन दिन अगाडी गत मंगलबारदेखि शिखर सम्मेलनका लागि उत्तर कोरियाको राजधानी प्योङ्योङ्मा रहेएका मुनले पत्रकार सम्मेलनम सम्वोधन गर्ने क्रममा ट्रम्पसँग किमले भेट्ने विषयलाई जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मुनले आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियाली नेता किमले पुनः प्रतिबद्धता जनाएको पनि जानकारी दिए । मुन र किमबीच यसैबर्ष मात्रै अहिलेसम्म तीन पटक बैठक भइसकेको छ । यसअघि गत अप्रिल २७ र मे २६ तारिखका दिन दुई कोरियाको शिखर वार्ता भएको थियो ।

त्यसैगरी किम र ट्रम्पबीच भने पहिलो पटक गत जुन १२ तारिखका दिन सिङ्गापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो ।  अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर बैठक गर्न चीनको विदेश मन्त्रालयले पनि बिहीबार किमलाई आग्रह गरेको छ । दुई कोरियाका शीर्ष नेताहरूको बैठक प्योङ्याङ्मा भइरहेकै बेला चीनको विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पसँग पनि शिखर बैठक फेरी गर्न किमलाई आग्रह गरेका हुन् ।

Global Ime bank

कोरियाली शिखर बैठकपछि जारी संयुक्त घोषणापत्रमा आणविक निशस्त्रीकरणप्रति चरणवद्ध रूपले अगाडी बढ्ने प्रतिबद्धता पुनः जनाइएकोमा चीनले खुशी व्यक्त गरेको छ । सिङ्गापुरमा भएको यसअघिको सहमती अनुसार नै अमेरिकाले पनि थप कदमहरू चाल्ने चीनले अपेक्षा गरेको जनाएको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुङले भने, “उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताले एक अर्कासँग छिट्टै वार्ता गर्ने विश्वास लिइएको छ ।” यसैबीच अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उत्तर कोरियासँग नयाँ चरणको सम्झौता गर्न अमेरिकाले आन्तरिक तयारी गरिरहेको बुधबार बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC