site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सितुको ‘म जस्तै तिमी पनि’ गीति एल्बम सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गायिका सितु खरेलद्वारा गाइएको गीतहरुको संग्रह ‘म जस्तै तिमी पनि’ गीति एल्बम सार्वजनिक गरिएको छ । लोकार्पित उक्त गीति एल्बम गायिका खरेलको सातौं गीति संग्रह हो ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायिका खरेलका पति संचारकर्मी सुमन खरेलले उक्त गीति संग्रहको लोकार्पण गरेका थिए । सितु खरेलद्वारा गाइएको उक्त एल्बमका सबै गीत बेलायतका लागि नेपाली राजदूत कवि तथा साहित्यकार डा. दुवसु क्षेत्रीले लेखेका हुन् ।
सार्वजनिक गीति एलबममा छ वटा गीत संगृहित छन् । ती गीत संगीतकार न्ह्यु बज्राचार्य, सचिन सिंह, प्रभुराज ढकाल, चण्डीप्रसाद काफ्ले, हरि लम्साल र कर्णदासले संगीतबद्ध गरेका छन् । एल्बम बिन्धवासिनी म्युजिकले बजारमा ल्याएको हो ।
गायिका सितु खरेलले छ वर्षसम्म भारतीय विद्या भवन, लण्डनबाट संगीतको शिक्षा हासिल गरेकी छिन् । उनले प्रख्यात संगीत विद्यालय ट्रिनीटी कलेज, बेलायतबाट भारतीय शास्त्रीय संगीतमा चार वर्षको पूर्णकालिन शिक्षा पनि हासिल गरेकी छिन् ।
पाँच दर्जनभन्दा बढी गीत गाइसकेकी गायिका खरेलले आफ्ना हरेक एल्बमबाट आर्जित आम्दानी सुस्त मनस्थिति भएका बालिकाहरुको सेवाका लागि समर्पण गर्दै आएकी छिन् । 
गायिका खरेलले आफूले गीत गायनबाट आएको आर्जन समाज सेवामा खर्च गर्दै आएको बताइन् । बाह्रखरीसित कुरा गर्दै उनले लोकार्पित एल्बमको बिक्रीबाट आएको रकम मानव सेवा आश्रममार्फत् समाजसेवाका क्षेत्रमा लगाउने जानकारी दिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC