site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दराजको पहिलो सेलर समिट नेपालमा, बजार बिस्तारका लागि नयाँ उदघोष
Sarbottam CementSarbottam Cement

काठमाडौं । दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ । साथै दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै बिक्रेताहरुलाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको छ । 

सेलर समिटकै अवसरमा दराजले अहिलेको मोबाइल एपलाई परिष्कृत बनाएर आधुनिक बनाउने भएको छ । यहि सेृप्टेम्बर २९ देखि आउने नयाँ एपमार्फत दराजले बिक्रेताहरुलाई आधुनिक शैलीमा व्यवसायमा आबद्ध गराउन लागेको जनाइएको छ । बिक्रेताका साथै सेवाग्राहीलाई अझै सजिलो गरी समान किनबेच गराउने योजना दराजको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकल्सनले आफ्ना बिक्रेताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसाय बिस्तार गर्नका लागि नयाँ रणनिति अख्तियार गरिने उद्घोष गरे । यसका लागि दराजको आधुनिक प्रणालीमा आवद्ध गराउँदै तीन तहको नयाँ अवधारणाले बिक्रेताको क्षमता बढाउँदै सेवाग्राहीले उत्कृष्ट सेवा पाउने उनको विश्वास छ । 

पहिलो तहमा बिक्रेतहरुलाई वस्तु तथा सेवा बिक्री गर्न दराजले विशेष रणनीति अख्तियार गर्नेछ । दोस्रो तहमा बिक्रेताहरुलाई रणनीतिअनुसार अघि बढ्नका लागि आवश्यक उपकरणको व्यवस्था गर्ने दराजले जनाएको छ । यसबाट दराजको सेवा सुधार गर्दै धेरैभन्दा धेरै सेवाग्राहीलाई आबद्ध गराउने उसको योजना छ । तेस्रो तहमा व्यवसायलाई परिष्कृत र लोकप्रिय बनाउनका लागि व्यवसायिक प्रकृयालाई चुस्त बनाउने योजनामा बिक्रेताहरुलाई समेटिनेछ । 

Global Ime bank

दराज ग्रुपका प्रमुख कार्यकारी मिकल्सनले दराजका कारण मात्र नभई बिक्रेताको अधिक लगावका कारण व्यवसाय बिस्तारमा सफलता मिल्ने भन्दै बिक्रेताहरुलाई अनलाइनको अत्याधुनिक प्रणालीमा सहभागि गराउन लागिएको बताएका थिए । यस क्रममा सेवाग्रहीको सुरक्षामा कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो । 

नबिल बैंकले नेपालको प्रख्यात अनलाइन बजार दराजसँग रकम भुक्तानीका लागि सहकार्य गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दराजको सेलर समीटलाई सम्बोधन गर्दै दराजबाट हुने वस्तु तथा सेवाको कारोबारमा बैंकले भुक्तानीका लागि सहकार्य गर्ने उदघोष गरेका हुन् ।

सेलर समीटमा ६५० बढी बिक्रेताहरुलाई सम्बोधन गर्दै शाहले नबिल बैंकबाट रकम भुक्तानीको व्यवस्था हुँदा दुवै संस्थाको व्यवसाय बिस्तारमा टेवा पुग्ने बताएका हुन् । साथै उनले दराजका बिक्रेताहरुलाई नबिल बैंकले साना तथा मझौला व्यवसाय कर्जा उपलब्ध गराउने पनि बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC