अर्थ व्यवसाय
काठमाडैं । शिखर सुजले नजिकिँदै गएको दशैं, तिहार, छठ लगायतका चाडलाई लक्षित गरेर १ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अवसर पनि भएकाले ग्राहकको रोजाइ अनुसारको जुत्ता उपलब्ध गराउन कम्पनीले बजारमा आएका भन्दा फरक तथा नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको जनाएको छ ।
नयाँ जुत्तामा पार्टी सुजका २५ भन्दा बढी डिजाइन, स्पोर्टस् सुजका २५ भन्दा बढी डिजाइन, क्याजुअल सुजका २५ भन्दा बढी डिजाइन र अन्य जुत्ताका २५ भन्दा बढी डिजाइन रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५ १८:५८
प्रतिक्रिया दिनुहोस्