site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून
Sarbottam CementSarbottam Cement

–काशीराम शर्मा 

बाँके । नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् । बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले देखिएको छैन । 

“अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगञ्ज विमानस्थलमा त्यो छैन, यस सम्बन्धी पूर्वाधार निर्माण गर्न अझै एक वर्ष लाग्छ, त्यसैले नेपालगन्ज–दिल्ली उडान अहिले सम्भव छैन”, नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले भने ।  

Prabhu Bank
Agni Group
NIC Asia

बुद्ध एयरले पुस पहिलो सातादेखि नेपालगञ्ज–दिल्ली उडान भर्ने बताइरहेका बेला निर्देशक ठाकुरले कम्तीमा अझै पनि एक वर्ष यो विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्ने जानकारी दिए । केही समयअघि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले छ महिनाभित्र नेपालगञ्जदेखि दिल्ली सिधा उडान भर्ने घोषणा गरेका थिए ।  

निर्देशक ठाकुरले भने, “कुनै पनि जहाज उड्नुभन्दा पहिले सम्बन्धित एयरपोर्टमा स्लट (जहाज ओर्लिने समय) माग गर्नुपर्छ, दिल्ली एयरपोर्टले रातीको समयमा त्यो समय उपलब्ध हुने बताएको छ, तर नेपालगञ्जबाट राति जहाज उड्ने सम्भावना अहिले छैन ।” 

Global Ime bank

अन्तर्राष्ट्रिय मान्यताअनुसार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा डोमेस्टिक एयरका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने र त्यो तयार गर्न एक वर्ष लाग्ने पनि उहाँले बताए ।  

“प्रिफ्याब बनाउनै एक वर्ष लाग्छ, कसरी सम्भव हुन्छ ?”, निर्देशक ठाकुरले भने, “उडान अनुमति दिनुभन्दा पहिले भारतीय एयरपोर्ट सुरक्षा युनिटले यहाँको विमानस्थलको सुरक्षाका बारेमा अध्ययन गर्छ, त्यो पनि भइसकेको छैन, सबै संरचना तयार भएपछि मात्रै उडान सम्भव हुन्छ ।” 

विमानस्थलमा अहिले दुई वटा टर्मिनल बनाउने तयारी भइरहेको छ, उनले भने, “डिजाइन र लागत तयार भइरहेको छ, अबको दुई महिनामा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया शुरु हुन्छ ।” अन्तर्राष्ट्रिय उडानका लागि नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणले तयारी थालिसकेको पनि निर्देशक ठाकुरले जानकारी दिए । “जति हतार गरे पनि पूर्वाधार नै नभएपछि कसरी सञ्चालन गर्न सकिन्छ र ?”, उनको प्रश्न थियो । 

मानसरोवर तीर्थ यात्राका नेपालगञ्ज ट्रान्जिट प्वाइन्टका रुपमा विकास भएपछि भारतीय यात्रुलाई मध्यनजर गर्दै बुद्ध एयरले नेपालगञ्ज–दिल्लीको उडानलाई प्राथमिकतामा राखेर पहल गर्दै आएको छ । तर त्यसको सम्भावना तत्काल देखिएको छैन । नेपालगञ्ज–दिल्ली उडानको सम्भावना तत्काल नदेखिएपछि बुद्ध एयरले आगामी वर्षबाट मात्रै उडान गर्न सक्ने योजना बनाइरहेको छ । सो रुटमा दैनिक उडान गर्ने योजना बुद्ध एयरको छ । 

तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकलाई लक्षित गर्दै बुद्ध एयरले नयाँ दिल्लीको उडान शुरु गर्ने तयारी गरेको हो । भारतबाट प्रत्येक वर्ष डेढदेखि दुई लाख पर्यटक नेपाल आउँछन् । तीमध्ये मानसरोवर जाने पर्यटकको सङ्ख्या उल्लेख्य हुने गर्छ । पछिल्लो समय भारतीय पर्यटक नेपालगञ्ज आउने र त्यहाँबाट सिमिकोट पुगेर ताक्लाकोट हुँदै कैलाश मानसरोवर पुग्ने गर्छन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC