site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा प्रवक्ता भन्छन्– बंगबन्धु गोल्डकपमा भाग नलिए राष्ट्रको बदनाम हुन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार वर्षपछि सहिद स्मार ‘ए’ डिभिजन लिग फुटबल असोज १३ गतेदेखि शुरु हुँदैछ । लिगको उत्साह एकातिर छ भने अर्कोतिर रेलिगेसनबिना हुन लागेको लिगप्रति असन्तुष्टि पनि छ । लिगको मुखैमा ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले एन्फासामु बंगबन्धु गोल्ड कपलाई लिएर पनि असन्तुष्टि जनाएका छन् । उनीहरु भन्छन्, “एन्फाले बंगबन्धु भन्दा लिगलाई प्राथमिकतामा राख्नुपर्छ ।”

बुधबार खेल तालिका सार्वजनिक कार्यक्रममा क्लबका प्रतिनिधिहरुले नेपालले बंगलादेशमा हुने बंगबन्धु गोल्ड कपभन्दा लिगलाई प्राथमिकतामा राख्नुपर्ने भनाइ राखे । बंगलादेशमा हुने बंगबन्धु गोल्डकप खेल्ने वा नखेल्ने भन्नेमा एन्फा अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि एन्फाले राष्ट्रिय फुटबल टोली बंगबन्धु खेल्न गए पनि जुन टिममा राष्ट्रिय टोलीका खेलाडी छैनन्, ती क्लबका खेल खेलाएर भए पनि लिग नरोकिने भन्दै आएको छ । बंगबन्धु खेल्ने वा नखेल्ने भन्ने निष्कर्षमा पुग्न नसकेको एन्फाले लिगको उद्घाटन खेल असोज १३ अर्थात् सेप्टेम्बर २९ तारिखका दिन गर्दैछ ।

बंगबन्धु आयोजकले सेप्टेम्बर २८ सम्ममा एन्फाको खातामा बाँकी पुरस्कार रकम २५ हजार डलर हालेको खण्डमा राष्ट्रिय फुटबल टोलीका खेलाडी बंगबन्धुको तयारीमा लाग्नेछन् । सेप्टेम्बर २ सम्म टोली बंगलादेश प्रस्थान भइसक्ने छ । पुरस्कार रकम आयो र नेपालले बंगबन्धु खेल्ने निर्णय गरेको खण्डमा क्लबबाट राष्ट्रिय टोलीका खेलाडी बंगबन्धु खेल्न जानेछन् । त्यसो भएको खण्डमा राष्ट्रिय टोलीका खेलाडी आवद्ध क्लबका खेल रोकिने एन्फाले जनाएको छ । तर, त्यो अवधिमा जुन क्लबमा राष्ट्रिय टोलीका खेलाडी छैनन्, ती क्लबलाई खेलाउने एन्फाले यसअघि नै जानकारी दिइसकेको छ । 

Global Ime bank

असोज १४ गते मनाङ—मस्र्याङदी र ब्रिगेड ब्वाइज क्लबको खेल हुने वा नहुने भन्ने बारेमा अहिले भन्न नसकिने मनाङ—मस्र्याङ्दी क्लबका महासचिव मुखिया लामाले बताएका छन् । उनले अगाडि भने, “लिग पहिले नै सारेको भए पनि हुन्थ्यो । बंगबन्धुमा नेपालले सहभागिता जनाए हाम्रो टिममा प्लेइङ ११ का लागि समेत खेलाडी रहँदैनन् ।”

त्यस्तै, एनआरटी क्लबका महासचिव सुन्दर नरसिंह जोशीको पनि नेपालले बंगबन्धु गोल्ड कपभन्दा लिगमा ध्यान दिनुपर्ने भनाइ छ । उनी भन्छन्, “लिग सुरु गरेर बीचमा खेल रोक्दै—खेलाउँदै गर्दा क्लबलाई पनि मर्का पर्छ । फेरि दशैं तिहारको बीचमा लामो बिदा छ । यसरी खेलको दौरान लामो बिदामा बस्दा खेलाडीको भिटनेसमा समस्या देखिन्छ ।”

एन्फा प्रवक्ता किरण राई भने बंगबन्धु आयोजकले एन्फाले दिएको समयमा बाँकी रहेको रकम दिएको खण्डमा नेपाली टोली सहभागी हुने बताउँछन् । उनले अगाडि भने, “हामीले यसअघि नै रकम आए सहभागी हुने नत्र नहुने भनिसकेकाले रकम आए सहभागी हुनुपर्छ । त्यसो गर्न नसकेको खण्डमा देशको बदनाम हुन्छ ।” लिगको समस्या एन्फा र क्लबहरुबीच छलफल गरेर मिलाउन सकिने उनले बताए । बुधबारको खेल तालिका सार्वजनिक कार्यक्रममा लिग संचालन कमिटीका संयोजक विज्ञानराज शर्माले खेल तालिका सार्वजनिक भएपछि खेलको माहोल बन्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC