site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपमा चम्किएका यी खेलाडीको क्लबमा कस्तो छ प्रदर्शन ?
Sarbottam CementSarbottam Cement

एजेन्सी ।  रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलले नयाँ हलचल ल्यायो । उपाधि जित्ने आकलन गरिएका ठूला भनिएका टिमको कमजोर प्रदर्शन र साना टिमको उत्कृष्ट प्रदर्शनले विश्वकपमा रोमाञ्चकता थप्यो । फुटबलले सधैँ एउटै मोड लिँदैन अर्थात एकपछि अर्को राष्ट्र फुटबलमा बलियो भइरहेको रुस विश्वकपबाट प्रमाणित भएको छ ।
स्टार खेलाडीको कमजोर र नयाँ खेलाडीको उत्कृष्ट प्रदर्शनले विश्वकपमा नयाँपन दियो ।  गत सिजनको साबिक विजेता स्पेनको हार अनि अर्जेन्टिना, उरुग्वे र बाज्रिलको पराजयले विश्वकप फुटबलले नयाँ मोड लियो । लियोनल मेस्सी लगायतका स्टार खेलाडीको कमजोर प्रदर्शनसँगै केही स्टारको उदय पनि भयो रुस विश्वकपबाट । 
रुस विश्वकपले युवास्टारका रुपमा केलिन एमबाप्पेलाई जन्म दियो भने फुटबलमा जिवन समर्पित गरेका लुका मोड्रिचलाई चर्चामा ल्यायो । विश्वकपमा पुरस्कृत अनि चर्चामा आएका खेलाडीले आफु आवद्ध क्लबबाट यो सिजनको सुरुवातमा कस्तो प्रदर्शन गरिरहेका छन त  ? 
 

केलिन एमबाप्पे (उत्कृष्ट युवा खेलाडी)

\"\"

रुस विश्वकपमा सर्वाधिक चर्चा पाएका खेलाडी हुन् फ्रान्सका केलियन एमबाप्पे । सानो उमेरमा विश्वकप खेल्ने अवसर पाएका डिफेन्डर एमबाप्पेले आफुलाई प्रमाणित गरे । रुस विश्वकपमा कान्छा खेलाडीको दोस्रो नम्बरमा परेका एमबाप्पेले डेब्यु विश्वकपमा टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले । उमेर समुह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका उनले रुस विश्वकपमा ४ गोल गरे । समूह चरणमा पेरुविरुद्ध १ गोल गरेका उनले क्वाटरफाइनलमा अर्जेन्टिनालाई पराजित गर्न दुई र फाइनलमा क्रोएसियाविरुद्ध एक गोल गरेका थिए । विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका एमबाप्पेले तीव्र गतिमा कुद्न सक्ने खेलाडीको उपनाम पाएका छन् । विश्वकप फुटबलबाट आएको पैसा अनाथ बालबालिकालाई प्रदान गरेका उनले क्लबमा पनि उत्कृृष्ट प्रदर्शन गरिरहेका छन् । एमबाप्पे जर्मन क्लब पीएसजीबाट व्यवसायीक फुटबल खेल्छन् । विश्वकपपछि सुरु भएको यो सिजनको लिग वानमा उनले ३ खेलमा ४ गोल गरिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

लुका मोड्रिच (उत्कृष्ट खेलाडी)

\"\"

Global Ime bank

रुस विश्वकपमा सर्वाधिक चर्चामा आएका खेलाडी हुन् क्रोएसियाका कप्तान लुका मोड्रिच । दुःख कष्ट सहँदै फुटबलमा रमाएका मोड्रिच विश्वकप फुटबलमा उत्कृष्ट खेलाडी भए । क्रोएसियालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका मोड्रिचले समूहचरणमा नाइजेरियाविरुद्ध पेनाल्टीमा र डेनमार्कविरुद्ध १ गोल गरी समग्रमा दुई गोल गरे । लामो समयपछिको सहभागितामा टोलीलाई फाइनलमा पुर्याएका मोड्रिचले विभिन्न उमेर समूह हुँदै २००६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । ३३ वर्षीय स्टार मोड्रिचले क्रोएसियाका लागि १ सय १५ अन्तर्राष्ट्रिय खेलमा १४ गोल गरेका छन् । क्रोएसियाको यु–१५ टिमबाट उनी जोडिएका थिए । २०१२ बाट स्पेनिस क्लब रियल मड्रिडमा आवद्ध भएका उनले १ सय ७० खेलमा ९ गोल गरेका छन् । मोड्रिचले यो सिजनमा रियल मड्रिडमा ४ खेल खेल्दा गोल गर्न सकेका छैनन् । 

ह्यारी केन (सर्वाधिक गोलकर्ता )

\"\"
सर्वाधिक गोलसँगै विश्वकपमा गोल्डेन बुट पाएका इङल्यान्डका ह्यारी केनले पनि रुस विश्वकर्मामा राम्रै चर्चा पाए । ६ गोल गर्दै २१ औ संस्करणको विश्वकपमा गोल्डेन बुट जितेर नाम दर्ता गरेका ह्यारीले इंग्लिस क्लब टोट्नह्याममा उत्कृष्ट खेल्दै आएका छन् । टोट्नह्याम हट्सपरबाट विभिन्न क्लब गएका उनी अहिले टोट्नह्यामबाट खेलिरहेका छन् । २०१० मा यु–१७ बाट खेल्दै इङल्यान्डको फुटबलमा आएका उनले २०१५ मा राष्ट्रिय टिममा खेल्ने अवसर पाए । 
सिनियर टिमबाट ३२ अन्तर्राष्ट्रिय खेल खेलेका उनले १९ गोल गरेका छन् । रुस विश्वकपमा टिमलाई चौथो स्थानमा पुर्याउन महत्वपूर्ण योगदान दिएका केनले आफनो क्लब टोटनह्यामका लागि १ सय ५५ खेलमा १ सय १० गोल गरेका छन् । रुस विश्वकपमा जम्मा ५ सय ७३ मिनेट खेलेका केनले गोलका लागि १३ प्रहार गरेका थिए । 

थिवाउट निकोलस (उत्कृष्ट गोलकिपर)

\"\"
रुस विश्वकपमा उत्कृष्ट गोलकिपर घोषित भए बेल्जियमका थिवाउट निकोलस । टोलीलाई तेस्रो स्थानमा पुर्याउन विपक्षीका धेरै प्रहार रोकेका उनले उत्कृष्ट गोलकिपरको अर्वाडसँग सुनको ‘ग्लोभ्स’ पाए । टोलीमा ५० प्रतिशत रक्षक भूमिकालाई उनले पुर्णतया निभाए । २६ वर्षका थिवाउटले यु–१८ हुँदै २०११ मा राष्ट्रिय टोलीमा गोलरक्षक भूमिका पाए । त्यसयता टोलीको सुखद नतिजामा हातेमालो गरिरहेका उनले ६७ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । २५ नम्बरको जर्सि लगाएर थिवाउटले स्पेनिस महारथी क्लब रियल मड्रिडबाट ब्यबसायिक फुटबल खेलिरहेका छन् । विपक्षीका कडा प्रहार रोक्ने गोलकिपरको पहिचान बनाएका थिवाउट यसैसिजनबाट रियल मड्रिडमा आवद्ध भएका छन् । यसअघि चेल्सीमा थिए । चेल्सीबाट एथ्लेटिको मड्रिडमा लोनमा २०११ देखि १४ सम्म उनले १ सय ११ खेल खेले । 

रोमेलु लुकाकु

\"\"
रुस विश्वकपमा ब्यापक चर्चा भएका अर्का खेलाडी हुन् बेल्जियमका रोमेलु लुकाकु । गरिब परिवारबाट दुःख झेलेर फुटबलमा आएका लुकाकुले विश्वकपमा ४ गोल गरे । उत्कृष्ट प्रदर्शनसहित बेल्जियमलाई तेस्रो स्थानमा पुर्याएका लुकाकुले समूह चरणमा पानामाविरुद्ध २ तथा ट्युनिसियाविरुद्ध दुईगोल गरेका थिए । २०१० बाट राष्ट्रिय टिममा स्थान बनाएका २५ वर्षीय स्टाइकर लुकाकुले विश्वकपमा दुईगोलका लागि सहयोग तथा जम्मा गोलपोष्टमा १९ प्रहार गरेका थिए । राष्ट्रिय टिमबाट ७७ अन्तर्राष्ट्रिय खेल खेलेका उनले ४३ गोल गरेका छन् । ९ नम्बरको जर्सि लगाउँदै म्यानचेष्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने लुकाकुले ३९ खेलमा २० गोल गरेका छन् । म्याचेष्टर युनाइटेडअघि उनी २०१७ सम्म एभर्टनमा आवद्ध थिए । एभर्टनमा एक सिजन लोन र १ सिजन आवद्ध भएका लुकाकुले १ सय ४१ खेलमा ६९ गोल गरे । यो सिजनको प्रिमिएर लिगमा युनाइटेडबाट ५ खेलमा ४ गोल गरेका छन् ।  

इडेन हजार्ड 

\"\"
अन्तर्राष्ट्रिय प्रतियोगिता वा क्लब स्तरका खेलमा चर्चामा आउने नाम हो इडेन हर्जाड । बेल्जियमको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य इडेन हजार्डले चेल्सीसँगै बेल्जियमका लागि उत्कृष्ट खेलिरहेका छन् । रुसमा सम्पन्न विश्वकपमा ३ गोल गरेका हाजार्डले सिल्भर बल पुरस्कार पाएका थिए । ३ सय ३३ मिनेट खेलेका हजार्डले ३ गोलका साथै दुईगोलमा सहयोगी भूमिका खेले । विपक्षीको पोष्टमा १२ प्रहार गरेका उनले बेल्जियमलाई तेस्रो स्थानमा ल्याउन योगदान दिए । विभिन्न उमेर समूह हुँदै २००८ बाट राष्ट्रिय टोलीमा स्थान बनाएका इडेनले ९४ खेलमा २७ गोल गरेका छन् । चेल्सीबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले २ सय १३ खेलमा ७४ गोल गरेका छन् । यो सिजन प्रिमिएर लिगमा उनले ५ खेलमा आफनो गोलसंख्या ५ पुर्याएका छन् । 

एन्टोनी ग्रिजम्यान

\"\"
विश्वकप विजेता फ्रान्सका अर्का चर्चित खेलाडीको सूचीमा छन् एन्टोनी ग्रिजम्यान । विश्वकप उपाधि दिलाउन अहम भूमिका  खेलेका ग्रिजम्यान फ्रान्सका भरपर्दा खेलाडी हुन् । विश्वकपमा ४ गोल र दुई गोलमा सहयोगि भूमिका खेलेका ग्रिजम्यानले सिल्भर बुट पुरस्कार पाए । सन् २०१० मा यु–१९ टिम हुँदै फ्रान्सको फुटबलमा आएका ग्रिजम्यानले यु–२० र यू–२१ टिमबाट खेले । २०१४ बाट सिनियर टोलीमा स्थान बनाएका उनले ६३ खेलमा २४ गोल गरेका छन् । २७ वर्षीय फरवार्ड ग्रिजम्यान एथ्लेटिको मड्रिडमा आवद्ध छन् । २०१४ बाट एथ्लेटिको मड्रिडमा रहेका उनले १ सय ४५ खेलमा ८० गोल गरेका छन् । एथ्लेटिको मड्रिडअघि उनी रियल सोसिडाडमा थिए । यो सिजन एथ्लेटिको मड्रिडबाट उनले ला लिगा फुटबलमा २ खेलमा १ गोल गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC