site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिभरपुलको मैदानमा पीएसजी पराजित, एम्बाप्पेको गोलले पनि रोक्न सकेन  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लिभरपुल विजयी भएको छ । आज बिहान सकिएको खेलमा पेरीस सेन्ट जर्मन पीएसजीलाई ३–२ को गोलले पराजित गर्दै लिभरपुरले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान एनफिल्डमा नेयमार र एमबाप्पे प्रेरित पीएसजीलाई पराजित गर्न लिभरपुलका ड्यानियल,जम्स मिल्नर र रोबोर्टो फिरमिनोले समान १–१ गोल गरे । पिएसजीका थोमस म्युनियर र केलिन एमबाप्पेले १ गोल फर्काएपनि टोलीलाई विजयी बनाउन सकेनन् । 

समुह सी अन्तगर्तको आफनो पहिलो खेलमा घरेलु मैदान र दर्शकको साथ पाएको लिभरपुलले खेलको ३० औ मिनेटमा ड्यानियलको गोलबाट अग्रता लिएको थियो । लगतै ६ मिनेटपछि पीएसजीका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीमा मिल्नरले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । तर त्यसको ४ मिनेटपछि पीएसजीका थोमसले एक फर्काए । थोमसको गोलसँगै पहिलो हाफमा २–१ ले पछि परेको पीएसजीले ८३ औं मिनेटमा केलिन एमबाप्पेको गोलबाट खेलमा २–२ को बराबरी गर्यो । बराबरीपछि दुबै टोली आक्रामक बने । 

तर लिभरपुलले खेलको इन्जुरी समयमा बाजी मार्यो । ९१ औं मिनेटमा फिरमिनोको निर्णायक गोलले लिभरपुल घरेलु मैदानमा ३–२ ले विजयी भयो । पाहुना टोली पीएसजीका बाज्रिलियन स्टार नेयमारले गोल गर्न सकेनन् भने लिभरपुलका लागि इजिप्टका मोहमद सलाहले दोस्रो हाफमा गोल गरेपनि रेफ्रीले मान्यता दिएन् । गत सिजन फाइनलमा स्पेनिस क्लब रियल मड्रिडसँग पराजित लिभरपुल यो सिजनको उपाधि जित्ने लक्ष्यमा छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC