site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरणः को–को छन् शंकाको घेरामा ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुग्न लाग्दा पनि हत्यामा संग्लन भएकाहरुको पहिचान हुन सकेको छैन । प्रहरी अधिकारीकै मिलेमतो र प्रमाण नष्ट गर्ने कार्यका कारण निर्मला हत्याको कारण खुल्न नसकेको हो । निर्मला हत्याको अनुसन्धानमा गम्भीरता नदेखाएको र लापरवाही गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्टसहित ६ प्रहरी अधिकृत निलम्बनमा परेका छन् ।

कञ्चनपुरको भीमदत्तनगरपालिका २ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्त गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी थिइन् ।  भीमदत्तनगर १८ निम्बुखेडामा रहेको रोशनीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
बलात्कारपछि हत्या भएपछि प्रहरीले नै नक्कली अभियुक्तका रुपमा दिलिपसिंह विष्टलाई पक्राउ गर्दै सार्वजनिक गरेको थियो ।  दिलिपको डीएनए परीक्षणका क्रममा नमिलेपछि साधारण तारेखमा रिहा गरिएको थियो । नक्कली अभियुक्त बनाउने र अनुसन्धानमा लापरवाही गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डीएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डीएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदिश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामी निलम्बनमा परिसकेका छन् । 

प्रहरी प्रधान कार्यालयले निर्मला हत्याकाण्डमा प्रहरीको भूमिकाको अनुसन्धान गर्न डीआईजी धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय छानबिन टोली गठन गरेको छ ।  यसअघि भदौ १४ गते एसएसपी सुवेदी नेतृत्वको समितिको छानबिनले गरेको सिफारिसका आधारमा ६ जना प्रहरी अधिकृत निलम्बनमा परेका हुन् । त्यही टोलीको दायरा फराकिलो पारेर डीआईजी बस्न्यातलाई टोलीको प्रमुख बनाइएको हो । टोलीले आइतबारबाटै काम सुरु गरेको छ । टोली निलम्बनमा परेका र तत्कालीन समयमा निर्मला पन्त हत्याको अनुसन्धानमा संग्लन सबै दर्जाका प्रहरीलाई काठमाडौं झिकाएको छ । टोलीका एक सदस्यले बाह्रखरीसँग भने,‘‘हेडक्वार्टरमै सबैको बयान लिने क्रम सुरु भएको छ । अनुसन्धानमा क्रममा अरु प्रहरी पनि तानिन सक्छन् । प्रारम्भीक अनुसन्धानमा निलम्बनमा परेका प्रहरी अधिकारीको भूमिका पुष्टि भए उनीहरुलाई संगठनले बर्खास्तसम्म गर्न सक्छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

जटिल बन्दै अनुसन्धान

बलात्कार र हत्यासँग सम्बन्धित प्रमाण प्रहरीले नै नष्ट गरिसकेको अवस्थामा अनुसन्धान जटिल बन्दै गएको प्रहरी अधिकारीको निष्कर्ष छ । हत्या भएको लामो समयसम्म प्रहरीले अभियुक्त समात्न नसक्नु र समातेका अभियुक्त पनि नक्कली प्रमाणित हुनुले अनुसन्धान प्रक्रिया जटिल बनेको हो । हत्याकाण्डको अनुसन्धान गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली र सीआईबीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको टोलीले छुट्टाछुट्टै गरिरहेका छन् । तत्कालीन प्रहरी अधिकारीले गरेको त्रुटिपूर्ण अनुसन्धान र असहयोगका कारण हत्याकाण्डको अनुसन्धान कताबाट केन्द्रित गर्ने भन्नेमा अनुसन्धान अधिकृत अन्योलमा रहेको प्रहरी स्रोत बताउँछ । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायत विभिन्न कोणबाट घटनाको अध्ययन भइरहेको बताउँछन् । तर अनुसन्धान कहाँ पुग्यो भन्ने कुराको जवाफ भने उनी दिन चाहँदैनन् । उनले अनुसन्धानकै क्रममा रहेकाले अहिले केहि भन्न नसकिने बताउँछन् । 

Global Ime bank

तर प्रहरीले अनुसन्धान भने शून्यबाट सुरु गरेको बताएको छ । अहिले कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धानको जिम्मा डीएसपी कृष्णराज ओझालाई दिएको छ । 
 

को–को छन् शंकाको घेरामा ? 

उच्च प्रहरी अधिकारीका अनुसार निर्मला हत्यामा शंकास्पद व्यक्तिहरुको विवरण संकलन गर्ने काम सुरु भएको छ । शंकास्पद व्यक्तिका गतिविधि निगरानी गर्नका लागि राष्ट्रिय अनुसन्धान विभागबाट पनि केहीलाई खटाइएको छ । “पहिलो चरणमा केही व्यक्तिहरुको टेलिफोन कल डिटेल हेर्ने काम भइरहेको छ । शंका लागेकाहरुको कल डिटेल हर्ने काम हँुदैछ । कतिपय व्यक्तिका कल शंकास्पद छन् तर अनुसन्धान पूरा नभई यसै भन्न सकिन्न,” प्रहरी उच्च स्रोतले भन्यो ।

कल डिटेल लगायतको अनुसन्धानमा सीआईबीको टोली सक्रिय छ । प्रहरी स्रोत भन्छ, ‘‘गोप्य अनुसन्धानको दायरमा केही स्थानीय नेता, जनप्रतिनिधिसँगै प्रहरीकै केही अधिकारी रहेका छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC