site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीन–अमेरिका ‘ट्यारिफवार’
Ghorahi CementGhorahi Cement

रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रेडवार’ लाई तीव्रता दिएका छन् । सोमबार उनले चीनबाट आयात हुने करिब २०० अर्ब डलरबराबरको सामानमा १० प्रतिशत सीमाशुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका हुन् । यी सामानमा अब शुल्क बढेर २५ प्रतिशत पुग्ने भएको छ । एप्पल स्मार्ट वाच तथा फिटबिट, बाइसाइकल, हेल्मेट, बेबी कार सिटजस्ता वस्तुलाई यसमा समावेश गरिएको छैन । ट्रम्पले ‘ट्यारिफवार’ को पहिलो चरणमा चीनबाट आयात हुने ५० अर्ब डलरका सामानमा २५ प्रतिशत शुल्क लागू गरिसकेका छन् ।

पछिल्लो समय चीन–अमेरिकाबीच ‘ट्रेडवार’ सुरु भएको अवस्थामा राष्ट्रपति ट्रम्पले अतिरिक्त शुल्कमार्फत् चीनलाई कडा जवाफ दिइरहेका छन् । अमेरिकी किसान तथा उद्येगीलाई चीन गलाउन चाहन्छ भने त्यसको कडा जवाफ अमेरिकाले दिने ट्रम्पले घोषणा गरेका छन् । चीनलाई जवाफी कारबाही स्वरुप उनले भनेका छन्, ‘हामी तत्कालै तेस्रो चरण पनि सुरु गर्नेछौं । यसअन्तर्गत करिब २६७ अर्ब डलरको अतिरिक्त सामानमा ट्यारिफ लाग्नेछ ।’ 

Agni Group

२२४ अर्ब डलरको नयाँ ट्यारिफप्लान २४ सेप्टेम्बरदेखि लागू हुनेछ । आगामी सोमबारदेखि २०० अर्ब डलरवाला सूचीमा परेका सामानमा १० प्रतिशत शुल्क लाग्नेछ भने २०१९ को पहिलो दिनदेखि यी सामानमा शुल्क बढेर २५ प्रतिशत लाग्नेछ । अमेरिकाले यदि २६७ अर्ब डलरको अतिरिक्त सामानमा पनि शुल्क लगाइदियो भने चीनबाट आयात हुने ५१७ अर्ब डलरका सामानमा त्यस्तो शुल्क लाग्नेछ । यसको अर्थ चीनबाट आयात हुने सबै सामानमा अब ट्यारिफ लाग्नेछ । 

संसारकै सबैभन्दा ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच जब व्यापार सम्बन्धमा मतभेद उत्पन्न भयो तब अमेरिकाले चिनियाँ सामानमा विभिन्नखालका शुल्क लगाउन सुरु ग¥यो । अमेरिकाका टे«जरी सेक्रेटरी स्टिभेन मुचिनले गत साता चीनका शीर्ष अधिकारीसँग नयाँ ढंगबाट वार्ता गर्न आमन्त्रण गरेका छन् । कार्यक्रम विवरण र तिथि भने तोकिएको छैन । 

Global Ime bank

ट्रम्पले भनेका छन्, ‘हामी परिवर्तनलाई लिएर अवश्य पनि स्पष्ट छौं । चीनलाई सही तरिकाबाट व्यवहार गर्न हामीले धेरै मौका दिएका छौं । तर, चीन अहिलेसम्म पनि आफ्नो व्यवहारमा परिवर्तन ल्याउन इच्छुक देखिँदैन ।’

उता, चीनले पनि संवादबाट दुई देशबीचको व्यापारिक सम्बन्ध सुधार गर्नुपर्ने बताउँदै आएको छ । चिनियाँ सेक्युरिटी रेग्युलेटरका उपाध्यक्ष फेङ जिंघाइले तियानजिनमा आयोजित एक फोरममा दुवै देशका अधिकारी बसेर समस्या समाधान गर्ने बताएका छन् । तर, अमेरिकाले चालेको पछिल्लो कदमका कारण वातावरण ‘विषालु’ बन्दै गएको आरोप पनि उनले लगाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC