site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
डर हटाउन भीआर थेरापी !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । मानिसहरुमा हुने विभिन्न किसिमका ‘फोबिया’ अर्थात् डर हटाउन अहिले चिकित्सकहरुले आधुनिक उपकरण ‘भर्चुअल रियालीटी’, भीआरको प्रयोगमा जोड दिइरहेका छन् । कुकुर, किरा, पानी, उचाइ, उडान लगायत विभिन्न फोबियाका कारण मानिसहरुमा धड्कन तीव्र हुने, स्वास प्रस्वासमा समस्या आउने, अत्याधिक पसिना आउने, मुख सुक्ने जस्ता लक्षण देखा पर्छन् । तर धेरै मानिसले कठोर उपचार प्रक्रियाका कारण आफ्ना फोबिया लुकाउने र लापरबाही गर्ने गरेको चिकित्सकहरुको भनाइ छ । जसले स्वास्थ्यमा झन ठूलो असर पुर्याउने र दिर्घकालीन समस्या निम्त्याउन सक्ने बताइएको हो ।

तर अहिले भने भिआरको प्रयोगले यसको उपचारलाई धेरै सहज र सुरक्षित बनाइदिएको समाचार एजेन्सी एसोसिएटेड प्रेसले जनाएको छ । भिआर एउटा यस्तो आधुनिक उपकरण हो जुन पहिरेपछि हामी कृत्रिम दुनियाँमा प्रवेश गर्दछौँ । हाम्रा अगाडिको दृश्य कृत्रिम भएपनि हामीले त्यसको वास्तविक अनुभव गर्ने गर्छौँ । यस्तोमा कसैलाई उचाइको फोबिया भएमा उसले उचो भवनसम्म पुगिरहनु परेन र केबल भिआरको मद्दतले बसिरहेको ठाउँलाई नै उच्च स्थान बनाइ डरको सामना गर्न सकिनेछ ।  

बनावटी भएपनि यो थेरापीले बिरामीहरुमा फोबियाको लक्षण बिस्तारै हटाउँदै राहत पुर्याउने गरेको बताइएको छ । साथै यो उपकरण हलुका, चलाउन सहज र वास्तविक उपचार भन्दा धेरै सस्तो भएकाले पनि पछिल्लो समय भिआरको प्रयोग बढ्दै गइरहेको बताइएको हो । आफूलाई डर लाग्ने वस्तुसँग बारम्बार सामना गरिरहँदा त्यसले बिस्तारै डर हटाउँदै लैजाने बताइएको छ । विशेषगरी बालबालिकाहरुका लागि यो थेरापी अत्यन्तै सुरक्षित र सहज मानिएको छ किनकी यसअघि बाबुआमाले उपचारका लागि छोराछोरीलाई उच्च स्थानमा छाड्न असहज मान्ने गरेका थिए । यसैकारण सामान्य फोबिया अब मानिसहरले चिकित्सकको सहयोग बिना घरैमा बसेर पनि ठीक गर्न सक्ने विशेषज्ञहरुको भनाइ छ । यसको प्रयोगले धेरै मानिसहरुको जीवन सहज बनाइसकेको छ । कुनैसमय सवारी चलाउन र विमान चढ्न असम्भव मान्ने मानिसहरु भिआरकै कारण आज सक्षम बन्न सकेको अनुसन्धानकर्ताहरुको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC