site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ए’ डिभिजन लिगको ट्रफी सार्वजनिक गर्दै एन्फा अध्यक्ष शेर्पाले भने– फुटबलमा लाग्नुस्, नाम कमाउनुस्
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लामो समयदेखि सुनसान रहेको दशरथ रंगशालामा सोमबार दिउँसो निकै चहलपहल थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगको ट्रफी प्रदर्शन गर्दा यस्तो चहलपहल देखिएको हो । ०७२ सालको भूकम्पपछि दशरथ रंगशाला पहिलोपटक तामझामका साथ खुला गरिएको थियो ।
सो अवसरमा एन्फाले ए डिभिजन लिगको ट्रफी सार्वजनिक गरेको थियो । कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, लिग कमिटी संयोजक विज्ञानराज शर्मा, राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनलगायत उपस्थित थिए । 
उनीहरुसँगै मैदानमा थिए, विश्व निकेतन स्कुलका विद्यार्थी पनि । कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले विद्यार्थीहरुलाई फुटबलमा लाग्न सुझाए । उनले भने “अहिलेदेखि नै राम्रो खेलाडी बन्ने अठोट गर्नोस् ।” अध्यक्ष शेर्पाले विश्वमा राजनीति र धर्मले मानिसहरुलाई विभाजित गरेको भन्दै खेलले मानिसलाई जोड्न सहयोग गरेको बताए । विश्व निकेतन रंगशाला नजिकको पुरानो र धेरै खेलाडी उत्पादन गर्ने स्कुल भएकाले ट्रफी सार्वजनिक कार्यक्रममा त्यहीँका विद्यार्थी रोजाइमा परेको उनको भनाइ थियो । राष्ट्रिय टोलीका कप्तान विराज महर्जन विश्व निकेतन स्कुलकै उत्पादन हुन् । 
अध्यक्ष शेर्पाले पूर्वाधारको कमी भए पनि आउने वर्ष राष्ट्रिय लिग र एन्फा पे्रसिडेन्ट लिग गर्ने उनले बताए । यही वर्ष पुरुष र महिलाको अन्तर्राष्ट्रिय टुर्नामेन्ट गर्ने जानकारी दिए । सहिद स्मारक लिगले स्थायित्व पाउने प्रतिवद्धता उनले व्यक्त गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC