site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याको अनुसन्धानमा खटिएका प्रहरीलाई काठमाडौं बोलाइयो, मामाकै भूमिका शंकास्पद !
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला पन्तको हत्यापछि अनुसन्धानका लागि खटिएका प्रहरी अधिकारीमाथि नै छानबिन हुने भएको छ । सरकारले त्यसका लागि डीआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गर्नेछ । उक्त समितिले निलम्बनमा परेका ६ जना प्रहरी र अनुसन्धानमा रहेका बाँकी प्रहरीमाथि नै छानबिन गर्ने छ । 

सरकारले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा बनाएको समितिले प्रहरीकै भूमिका शंकास्पद भएको भन्दै प्रारम्भीक प्रतिवेदन बुझाएपछि सोही आधारमा प्रहरीमाथि नै छानबिन गर्न लागिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार समितिमा एसएसपी निरजबहादुर शाही, एसपी उत्तम सुवेदीलगायतका सदस्य रहेका छन् ।

सरकारले यसअघि एसपी उत्तम सुवेदीको नेतृत्वमा पनि छानबिन समिति बनाएको थियो । उक्त समितिलाई डीआईजीको नेतृत्वमा फराकिलो बनाइएको प्रहरीले जानकारी दिएको छ । यसैबीच गृह मन्त्रालयले निर्मला हत्या प्रकरणमा अनुसन्धानमा खटिएका सबै प्रहरीलाई काठमाडौं बोलाएको छ ।

Global Ime bank

उनीहरु सबैलाई बस्न्यातको समितिले छानबिन गर्नेछ । यसैबीच निर्मला पन्तको हत्यापछि शव व्यवस्थापनका लागि आफ्नै मामाले नै दबाब दिएको भन्दै अधिकारकर्मीहरुले आफ्नै मामाको भूमिका नै शंकास्पद रहेको बताएका छन् ।

यसअघि पत्रकार सम्मेलनमा निर्मला पन्तका बुवा यज्ञराज पन्तले पनि निर्मलाको मामाको भूमिकाका विषयमा प्रश्न उठाएका थिए । प्रदर्शनकारीले हत्यारा पत्ता नलागेसम्म दाहसंस्कार नगर्न आग्रह गरेको भएको पनि मामा तीर्थ भण्डारीले दाहसंस्कार गर्नैपर्ने अडान राखेको स्थानीय बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०७५  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC