site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
क्रान्तिकारी माओवादीका नेताद्वारा हिरासतमै अनशन सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मासहित १३ जना कार्यकर्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ५ गते आफ्ना ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा शुक्रबार बिहान चक्काजाम गर्ने क्रममा सुन्धाराबाट शर्मासहित १३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरी उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । 
उनीहरुले बुधबार पक्राउ परेका ४ जना नेता तथा कार्यकर्तालाई नछाडेसम्म हिरासतबाट निस्कन अस्वीकार गरेका छन् । हिरासतम रहेका सचिवालय सदस्य शर्माले प्रहरी हिरासतमा रहेका ४ जनालाई नछाडेसम्म आफूहरु हिरासतबाट बाहिर ननिस्कने बताए । 
यसैबीच, बुधबार पक्राउ परेका ४ जनाले अनामनगरस्थित प्रहरी हिरासतमै आमरण अनशन सुरु गरेका छन् । बुधबार बागबजारबाट चन्दा संकलन गरेको भन्दै प्रहरीले पक्राउ गरेका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादवसहित अनरास्ववियु (क्रान्तिकारी) का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवारले आमरण अनशन सुरु गरेका हुन् । 
माओवादीले बिनाकारण प्रहरीले अफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा आइतबार उपत्यका बन्दको घोषणा गरेको छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC