ललितपुर । वरिष्ठ दन्त चिकित्सक अकिला श्रेष्ठसँंगै १० मेडिकल सदस्यको साथमा नेपाल मेडिसिटी अस्पतालले एसओएस बालग्राम सँग सहकार्य गरि बाल दिवस मनाएको छ । १ सय २९ बालबालिकाका साथमा मुख तथा दन्त स्वास्थ्यको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
मुख स्वस्थ राख्न सके शरिरलाई विशेष रुपमा स्वस्थ राख्ने धेरै आधार तयार हुने भएकाले यसै विषयलाई अस्पतालले प्राथमिकता दिएको छ । एसओएस बालग्रामका तर्फबाट नर्स कमला थापा र मेडिसिटीका तर्फबाट श्रद्धा कर्मचार्यको पहलमा सम्पन्न भएको कार्यक्रममा दन्त मञ्जन र दात माझ्ने ब्रस समेत प्रदान गरिएको छ ।
प्रत्येक वर्ष भदौ २९ मा मनाइने बाल दिवसको यस वर्षको नारा ‘सुखी नेपाली, समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार’ रहेकोमा नेपाल मेडिसिटीले स्वास्थ्यका माध्ययमबाट थोरै भएपनि बालबालिकामा सकारात्मक प्रभाव पार्ने उद्धेश्यका साथ सो जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको अस्पतालका महा–प्रबन्धक विजय रिमालले बताए ।