site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कार्गो ढोका कुच्चिएपछि निगमको वाइड बडी जहाज २१ औं दिनमै ग्राउन्डेड
Ghorahi CementGhorahi Cement

काठमाडौं । व्यावसायिक उडान सुरु गरेको २१ औं दिनमा नेपाल वायुसेवा निगमको दोस्रो ठूलो (वाइड बडी) आकारको जहाज ‘ग्राउन्डेड’ भएको छ । 

जहाजको कार्गो (लगेज, ब्यागेजलगायत सामान) राख्ने ढोका कुच्चिएको भेटिएपछि बिहीबार दिउँसोबाट २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो । 

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित यो जहाजलाई निगमले ‘मकालु’ नाम दिएको छ । कलसाइन ‘९एन–एएलजेड’ भएको जहाज बिहीबार बिहान भारतको नयाँदिल्लीबाट काठमाडौं आएपछि अर्को उडान गर्नुअघि निगमका इन्जिनियररूले निरीक्षण गर्ने क्रममा कार्गोतर्फको ढोका कुच्चिएको देखेका थिए । 

Agni Group

“कार्गो राख्ने ढोका कुच्चिएको भेटिएपछि वाइडबडी जहाज मकालुलाई ग्राउन्डेड गरेका छौं,” निगमका एक उच्च अधिकारीले शुक्रबार बाह्रखरीसँग भने, “हेर्दा सानो समस्या भए पनि यात्रु र जहाजको सुरक्षाका लागि उडाउन मिल्दैन, त्यही भएर ग्राउन्डेड गरेका हौं ।”

उनका अनुसार जहाज उडाउन मिल्छ कि मिल्दैन भनेर जहाज निर्माता कम्पनी एयरबसलाई इमेलमार्फत जानकारी गराइसकिएको छ । जहाजको कुच्चिएको भागको तस्बिरदेखि अन्य प्राविधिक कागजात इमेलमार्फत फ्रान्स पठाइएको छ । जहाज निर्माता एयरबस भएका कारण जहाजबारे सबै जानकारी उसलाई दिनुपर्ने नियम छ ।

Global Ime bank

“एयरबससँग जहाज ग्राउन्डेडबारे कुराकानी भइरहेको छ,” ती अधिकारीले भने, “उताबाट अनुमति आउनासाथ मर्मत गरी जहाज उडाउँछौं तर जहाज तुरुन्तै मर्मत भएर उड्न पनि सक्छ वा थप एक–दुई दिन ग्राउन्डेड हुन पनि सक्छ । हामी एयरबसको जवाफको प्रतीक्षामा छौं ।”

सम्बद्ध एक अधिकारीका अनुसार दिल्लीबाट फर्केपछि कार्गो ढोका कुच्चिएको देखिए पनि कुन विमानस्थलमा यस्तो भएको हो भन्ने पत्ता लागेको छैन । “हाम्रो प्रारम्भिक अनुमानमा कार्गो लोड गर्दा वा झिक्दा कार्गाे बोक्ने गाडीले ढोकामा ठक्कर दिएको हुनसक्छ,” उनले भने, “तर, घटना दिल्लीमै भएको हो वा काठमाडौं वा अन्य गन्तव्यमा भन्ने यकिन भएको छैन ।”

निगमको यो दोस्रो वाइड बडी जहाज गत साउन १० गते फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट सिधा ९ घन्टा उडेर काठमाडौं आएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवश्यक प्रक्रिया पूरा गरेर भदौ ८ गतेबाट व्यावसायिक उडान सुरु गरेको थियो । यसले पहिलो उडान बैंकका लागि गरेको थियो । 

बिहीबारबाट मकालु जहाज ग्राउन्डेड भएपछि निगमले केही उडान कटौती गरेको छ भने यसका यात्रुलाई अन्य जहाजबाट सम्बद्ध गन्तव्य पठाइरहेको छ । शुक्रबार बिहान यही जहाजबाट दिल्ली जान टिकट काटेका यात्रुलाई निगम व्यवस्थापनले उसकै अर्को १ सय ९० सिट क्षमतायुक्त ‘बोइङ ७५७–२००’ बाट पठाएको थियो ।  

अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग हाल २ सय ७४ सिट क्षमतायुक्त दुईथान ‘ए३३०–२००’, १ सय ५८ सिटे दुइटा ‘ए३२०–२००’, र १ सय ९० सिटे एकथान ‘बि७५७–२००’ जहाज छन् । तीमध्ये एउटा सानो (न्यारो बडी) आकारको ए३२०–२०० जहाजमा एक साताअघि चरा ठोक्किएपछि त्रिभुवन विमानस्थलमै ग्राउन्डेड छ । अहिले निगमले तीन जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । “हाम्रो वाइड बडी जहाज पहिलो पटक ग्राउन्डेड भएको हो,” निगमका अर्का एक अधिकारीले भने, “प्राविधिक समस्या नभए पनि जहाज उडाउन भने मिल्दैन ।”

पहिलो वाइड बडीले गत साउन १६ गतेबाट नियमित उडान सुरु गरेको थियो भने दोस्रोले भदौ ८ बाट उडान गरेको थियो । प्रत्येकमा वाइड बडी जहाजमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास गरी २ सय ७४ सिट छन् । पहिलो वाइड बडीलाई ‘अन्नपूर्ण’ र दोस्रोलाई ‘मकालु’ नामकरण गरिएको छ । उड्डयन प्राधिकरणले पहिलोलाई  ‘९एन–एएलवाई’ र दोस्रोलाई ‘९एन–एएलजेड’ कलसाइन दिएको छ ।

दुइटा वाइड बडी जहाजले नियमित उडान गर्न थालेपछि वार्षिक आम्दानीमा न्यूनतम ६ देखि अधिकतम ८ अर्ब रुपैयाँ वृद्धि हुने निगमको बजार प्रक्षेपण छ । निगमले तयार पारेको व्यापारिक योजनाअनुसार जापान, कोरिया र साउदी अरबका लागि वाइड बडी जहाजबाट प्रत्येक साता तीन उडान सञ्चालन गरिनेछन् । काठमाडौंबाट कोरिया र जापान पुग्न सिधा आठ घन्टाभन्दा बढी उड्नुपर्छ भने साउदी अरब पुग्न पाँच घन्टाभन्दा बढी उड्नुपर्छ । जहाजको सिट भराइ दर (अकुपेन्सी) बढ्दै गए ती गन्तव्यमा उडान संख्या थप्दै जाने निगमको योजना छ । वाइड बडीले जापान, कोरिया र साउदी अरब उडान नगरुन्जेल निगमले दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, दिल्लीलगायत गन्तव्यमा उडाइरहेको छ । 

निगमले दुइटा वाइड बडी जहाजका लागि तीन किस्तामा गरी २४ अर्ब रुपैयाँ पठाएको थियो । पहिलो किस्ता २०७४ असार ३ गते ८ अर्ब, दोस्रो किस्ता गत असार १२ मा ८ अर्ब र अन्तिम किस्तावापत साउन ८ मा ८ अर्ब जहाज आपूर्तिकर्तालाई पठाएको थियो । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२÷१२ अर्ब रुपैयाँका दरले ऋण लिएर पठाएको हो । दुवैको वार्षिक ब्याज दर १० प्रतिशत छ । यो हिसाबमा निगमले दुइटा वाइड बडीलाई वार्षिक ब्याजमात्र २ अर्ब ४० करोड रुपैयाँ तिर्नुपर्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC