site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला पन्तको हत्यारालाई छिट्टै कारवाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता 
Ghorahi CementGhorahi Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तका हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता गरेका छन् । गृहमन्त्री थापाले कञ्चनपुरका महिला अधिकारकर्मी र पीडित परिवारसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिएका हुन्  ।

हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिएको कञ्चनपुुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन् । उनले गृहमन्त्री थापाले पीडितलाई न्याय दिने आश्वासन दिएपछि न्याय पाउने आशा पलाएको प्रतिक्रिया पनि दिए ।

Agni Group

हत्या गरिएकी निर्मलाका बुवा, आमा र स्थानीय अधिकारकर्मीहरुले गृहमन्त्री थापासँगको भेटमा सरकारले गठन गरेको उच्च स्तरीय छानवीन समितिमा स्थानीय नागरिकका तर्फबाट एक जना पनि प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए । 
नागरिक समाजलाई समेत समेटेर छानवीन समिति गठन नगरिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पनि अधिकारकर्मीले चन्दले बताइन् ।

बलात्कारपछि हत्या गरिएकी निर्मलाका पीडित परिवारले लामो समयसम्म पनि न्याय नपाएपछि पीडित परिवार र कञ्चनपुरका अधिकारकर्मीहरु न्यायको खोजिमा काठमाडौं आईपुगेका छन । उनीहरुले हत्यारालाई सार्वजनिक गरी कडा कार्वाही नगरेसम्म काठमाडौंबाट नफर्कने चेतावनी पनि सरकारलाई दिएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC